२६ भाद्र २०८०, मंगलवार
पाँचथर । आफ्नै भाइ-बुहारीलाई बन्दुक देखाएर मार्ने धम्की दिने पाँचथरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द ५ निगुरेका ३० वर्षीय दिपक चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चेम्जोङको साथबाट एकनाल भरुवा बन्दुक पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवश कुँवरले बताए ।

चेम्जोङले घरायसी विवाद हुँदा आफ्नै भाइ प्रेम चेम्जोङ र बुहारी भूमिका चेम्जोङलाई बन्दुक तेर्स्याएर मार्ने धम्की दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कुँवरको भनाइ छ । चेम्जोङले भाइ-बुहारी मार्ने धम्की दिएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी फाक्तेपबाट खटेको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पाँचथर ल्याइएको हो ।
आइतबार पक्राउ परेका चेम्जोङ सोमबार पाँचथर अदालतमा हाजिर गराइ अनुसन्धानका लागि ७ दिनको म्याद थएको छ । इकान्तिपुरबाट
0 comments:
Post a Comment