माइधारमा सवारी दुर्घटना एकको मृत्यु दुई जना गम्भिर घाइते

 १८ आश्विन २०८०, बिहीबार 


बिर्तामोड । झापाको माइधारमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्र्तरगत माइधारमा भएको दुर्घटनामा स्कुरमा सवार तीन जना गम्भिर घाइते भएकोमा एक जनाको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । तीनै जना पुरुष रहेको बताइएको छ हाल सम्म कसैको परिचय खुल्न सकेको छैन् ।

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश १–०१- ०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिम तर्फ जाँदै गरेको एनएमसी डेरीको मे १ च ५८६८ सवारी एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार तीन जना घाइते भएका थिए ।

उनीहरु कसैको परिचय खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । र्दुघटना आज बिहान ३ बजेको समयमा भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment