झापा प्रशासनमा हाफ पाइन्ट र स्कर्ट लगाउने सेवाग्राहीलाई रोक



भद्रपुर । असभ्य र अस्वाभाविक देखिने भड्किलो पोशाक लगाएर जिल्ला प्रशासन कार्यालय झापामा आउने सेवाग्राहीलाई कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको छ । असोज १२ गते एक सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीलाई प्रशासन कार्यालयमा आउँदा अनिवार्यरुपमा स्वाभाविक र सभ्य देखिने पोशाक लगाएर आउन आग्रह गरेको छ । प्रशासन शाखाबाट जारी सूचनामा पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनी स्कर्टजस्ता भड्किला, असभ्य र अस्वाभाविक देखिने पोशाक लगाएर आएको खण्डमा कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको व्यहोरा उल्लेख छ । दैनिकजसो हाफ पाइन्टमा र मिनी स्कर्टमा आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले सम्झाइ बुझाइ गरी बाहिर पठाउने गरेका छन् । कतिपयले सूचनाका बारेमा थाहा नभएकाे भन्दै बुझ्ने गरेको तर केहीले सेवाग्राहीलाई दुःख दिएको भन्दै रिसाउने गरेको कर्मचारीहरु बताउँछन् । प्रशासन कार्यालय परिसरमा बुधबार भेटिएका केही सेवाग्राहीले भने प्रशासनको यस कदमको प्रशंसा गरेका थिए । उनीहरूले याे नियम सधैँका लागि हुनुपर्ने भन्दै अटेर गर्नेमाथि कारबाही गर्नुपर्नेमा जाेड दिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment