झापामा अरिंगालले टोकेर एक महिलाको मृत्य

 १९ आश्विन २०८०, शुक्रबार


झापा । झापाको बाह्रदशीमा अरिंगालले टोकेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाउँपालिका– ५ नवकिरण टोल निवासी ६० वर्षीया रामप्यारी भुर्तेल रहेकी छन् । अरिंगालले टोकेर अन्य दुई जना घाइते भएका छन् । अरिंगालले टोकेर मृतककी छोरी लक्ष्मी र ७ वर्षीय नाति घाइते भएका छन् ।

बिहीबार साँझ घर नजिकै घाँस काट्न जाँदा रामप्यारीमाथि अरिंगालको पुरै गोला खनिएको थियो । घाइते भएकी उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएको र उनको उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार चिलले अरिंगालको गोला हानेको बेला उनी त्यही ठाउँमा घाँस काट्न पुगेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment