लागूऔषधसहित चार जना पक्राउ

१९ आश्विन २०८०, शुक्रबार 


मोरङ। मोरङ र सुनसरीका तीन छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको पीआईटी समुह र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट भोक्राहा नर्सिंङ गाउँपालिका–६ का २४ बर्षीय नजाम आलम र बराहक्षेत्र नगरपालिका–११ का ओसिम अन्सारीलाई ५६ ग्राम लागूऔषध ब्राउनसुगरसहित बिहिवार साँझ पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–९ का २६ बर्षीय रविन धिमाललाई ५ सय मिलिग्राम लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका–९ का ५० बर्षीय मित्रबहादुर बस्नेतलाई प्रतिबन्धित औषधी ट्रामाडोल सात हजार दुई सय ८० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment