इलामको किटेनीमा पराल बोकेको गाडीमा आगजनी


 २०८० मंसिर ३०, ,प्रकाशित
पहिचान पक्षधर बन्दकर्ताले इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको गाडीमा आगजनी गरेका छन् ।
झापाबाट पराल लिएर आएको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै शनिबार साँझ बन्दकर्ताले रोकेर आगजनी गरेका हुन् ।
बन्दकर्ताले आगो लगाउदा पिकअप पूर्ण रुपमा जलेको छ । बन्दकर्ताले चालकलाई ओरालेर पिकअपमा आगो लगाएको स्थानीयले जानकारी दिएका छन् ।
मेची राजमार्गमा बन्दकर्ताले दिनभर विभिन्न ठाउँमा यातयात अवरुद्ध गरेका थिए । बन्दको समयमा सुरक्षा नदिएको भन्दै यातायात व्यवसायीले सरकारसँग गुनासो गरेका छन् ।
यता बन्दकर्ताले भने आफूहरूले पिकअप नजलाएको दाबी गरेकाछन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment