लेप्चा समुदायको नयाँ वर्षमा इलामकाे सूर्योदय र रोङमा सार्वजनिक विदा


फिक्कल । इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले लोपोन्मुख लेप्चा समुदायको पर्व ‘नामवन/नामआल’को दिन पालिकाभर सार्वजनिक बिदा दिएका छने । दुवै पालिकाले आउँदो पुस २ गते सोमबारका लागि बिदा दिएको हो । रोङका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले सूचना जारी गरी त्यस दिन पालिकाअन्तर्गतका कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द हुने जनाएका छन् ।
इलामको सूर्योदय नगरपालिकाले लोपोन्मुख लेप्चा समुदायको पर्व ‘नामवनरनामआल’को दिन पालिकाभर सार्वजनिक बिदा दिएको छ । इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा लोपोन्मुख लेप्चा समुदायको बाक्लो बसोबास छ ।
नेपालमा ३ हजार ४ सय हाराहारीमा लेप्चा समुदाय रहेका छन् । पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ नै सरेर अन्य जिल्लासम्म पनि गइरहेका छन्। तथ्यांकअनुसार ३ हजार २ सय ६४ ग्रामीण र १ सय ८१ लेप्चा सहरी क्षेत्रमा बस्छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment