इलामले उचाल्यो सिरिजंघा गोल्डकपको उपाधि

२०८० मंसीर २९ गते , शुक्रबार

सिरिजंघा गोल्डकपको उपाधिका लागि इलाम सन्दकपुरको देउराली स्पोर्टिङ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा बिर्तामोड ७ खोपवाडीको न्यूस्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै इलामले उपाधि जितेको हो । न्यु स्टार दोस्रो पटक उपाधि जित्नबाट चुकेको हो । यसअघि सिरिजंघा गोल्डकपको दोस्रो संस्करणमा पनि न्यु स्टार उपविजेतामै सीमित बनेको थियो ।
तेल्लोक माविको खेलमैदानमा भएको फाइनल खेलमा न्यु स्टारका खेलाडीले आत्मघाती गोल गरेर पहिलो गोल इलामलाई उपहार दिएका थिए भने अर्को गोल इलामका खेलाडीले लगाएका थिए । विजेता इलामले नगद २ लाख २ हजार २२२ र ट्रफी पाएको छ भने उपविजेता न्यु स्टारले नगद १ लाख १ हजार १११ मा चित्त बुझाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment