अटोमा ब्राउन सुगर ओसार्ने तीन जना दमकबाट पक्राउ

२०८० मंसीर २९ गते , शुक्रबार


झापा । झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अटो चालक दमक नगरपालिका–१ निवासी ३५ वर्षीय प्रकाश श्रेष्ठ र अटोमा सवार सोही स्थानका २३ वर्षीय अर्जुन लिम्बू र उनकी श्रीमती २७ वर्षीय मनीषा लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
बिहीबार बेलुका ६ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई दमक–७ हनुमान मन्दिरस्थित पशुहाट क्षेत्रबाट पक्राउ गरेको हो । दमकबाट बेलडाँगीतर्फ जाँदै गरेको को १ ह ९७४५ नम्बरको अटोलाई रोकेर चेकजाँच अटोको डिकीभित्र लुकाइछिपाई राखेको ५१ ग्राम ब्राउन सुगर फेला परेको थियो ।  यता अटोसहित पक्राउ परेका तीन जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment