सहारा नेपाल साकोस इलामद्वारा युवा सदस्य तथा ३ शून्य क्लव बारे अभिमुखिकरण


इलाम, २८ मंसिरः  सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र  इलामले विहीबार कार्यक्रमका विच उक्त भ्रमणको समिक्षा गरि सहभागि सम्पूर्णलाई आफ्रनै नाम तथा तस्विर अंकित कप तयार गरि मायाको चिनोको रुपमा ३० जना लाई सेवाकेन्द्रको कार्यालयमा एक कार्यक्रमका विच वितरण गरेको छ  ।
केन्द्रले आफनो सेवाकेन्द्र मातहतमा सञ्चालित विभिन्न सहारा महिला समूहका महिला सदस्यहरुलाई गतमा झापाका विभिन्न पर्यटकियस्थल तथा रमणिय क्षेत्रहरुको भ्रमण सम्पन्न गरेको थियो ।  सहभागी सम्पूर्णको नामलाई सधैभरी सम्झन लायक हुन सकोस भन्ने अभिप्रायले “अघिअघि के भिड नी देसु दिज्यू सुन गुने म सय कविता लिदिम कि सिगंसिगो सस”भन्ने सबैको नामको पहिलो अक्षर जोडी एक सुत्र प्रत्येक कपमा अंकित गरेर वितरण गरेको थियो ।

 
सहारा नेपाल साकोस सेवाकेन्द्र इलाम सञ्चालन सहयोग उपसमिति सदस्य हरि प्रसाद सापकोटाको अध्यक्षता एवम् अनुगमन कार्यालय इलामका अनुगमन अधिकृत तोयानाथ आचार्यकोे प्रमुख आतिथ्यता तथा इलाम अनुगमन कार्यालय प्रमुख आतिथ्यता र सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु क्रमश सम्झना गुरुङ, अनुप रिजाल र सरस्वती कार्कीको तथा पशुप्राविधक कर्मचारी रमेश घिमिरे, कार्बन सर्वे कर्मचारी ममता खड्काको व्यवस्थापनमा इलाम सेवा केन्द्रको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो । 
संस्थामा आबद्ध सदस्यहरुमा कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत कर्जा लिएर किस्ता तिर्ने क्रममा स्वयम्  सदस्य वा पतिको निधन भएमा सम्पूर्ण कर्जा मिनाहा गर्ने कार्यक्रम, जिवन वरदान कार्यक्रम,सदस्य प्रसुती भएमा, हातखुट्टा भाचिएमा, घर आगलागि भएमा, सर्पदंश वा कुकुर तथा विषालु जंगली जनावरको टोकाईबाट उपचार गर्नुपरेमा ,घातक रोग लागि उपचार गर्नुपर्दा वा अप्रेशन गर्नुपर्दा समेत विभिन्न प्रकृतीका सुविधाहरु उपलब्ध गराउदै आएको, सहारा नेपाल साकोसले गत देखि नै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारहरु प्राप्त गर्दे सन् २०२१मा सदस्य संरक्षण सिद्धान्त अन्तर्गत स्मार्ट सर्टिफिकेशन, वि.सं २०८०मा राष्ट्रिय उद्यमशिलता पुरस्कार हालसालै वचत तथा ऋण सहकारी संस्थाहरुको एसियास्तरको नेटवर्क एसीसीयु को एसोसिएट्स सदस्य बन्न सफल भएको र यसको सम्पूर्ण श्रेय पनि सदस्यहरुको रहेको सेवा केन्द्रका प्रमुख केपी लुईटेलले वताए ।
ंस्थामा दोश्रो पुस्ताको सदस्यता समेतका लागि संस्थाले हालसालै ल्याएको युवा सदस्यता सम्बन्धिका नीति, हामी रहने पृथ्वी वचाउनका लागि हाल विश्वव्यापी रुपमा ५७ वटा देशका करिब १लाख भन्दा बडि युवा आबद्ध भई धमाधम गठन भईरहेकोे ३ शून्य क्लव तथा क्लवको अवधारणा ल्याउने सन् २००६ का नोबेल शान्ति पुरस्कार विजेता वंगलादेशका प्रोफेसर डाक्टर मोहम्मद युनुशको अवधारणाका बारेमा संक्षिप्त जानकारी समेत सेवा केन्द्र  लुईटेलले गराएका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि इलाम अनुगमन कार्यालय अनुगमन अधिकृत  तोयानाथ आचार्यले संस्थाको कार्यक्षेत्रहरुमा रहेका ८० वटा सेवाकेन्द्रले युवालाई आफ्नो व्यक्तित्व विकाश,सिर्जनात्मकतामा वृद्धि हुने विश्वासका साथ  प्रोफेसर डाक्टर मोहम्मद युनुशको अवधारणाप्रति सकारात्मक रहदै स्थानीय स्तरमा रहेका १२ देखि ३५ वर्ष उमेर समूहका ५ जना युवा बराबर एउटा ३ शून्य क्लव गठन गरीन थालिसकिएको र यस्तो प्रकृतीको कार्यक्रम सञ्चालन गर्न हामी संस्था सगसगै अभिभावकका पनि साथ र सहयोगको आवश्यकता रहेको हुदा आफ्ना नानीबाबुहरु लाई देशको कुशल नागरिक भएको हेर्ने हरेक आमाबाबुको सपनालाई ३ शून्य क्लव तथा सहारा नेपालको युवा सदस्यता एउटा प्लेटफर्म बन्न सकोस भन्ने शुभकामना प्रदान गर्नुभएको थियो । 
कार्यक्रममा विभिन्न स.म.स.का प्रतिनिधिहरु क्रमश गुना कुमारी चौहान,यमुना गुरुङ, शकुन्तला भट्टराई लगायतले संस्थाले हिजो देखि नै जिवनवरदान कार्यक्रमद्वारा आफ्नो पहिचान लाई उदाहरणिय बनाउन गरेको प्रयास मा थप परिष्कृत गर्दै हालै ल्याएको युवा सदस्यता र प्रोफेसर डाक्टर मोहम्मद युनुशको ३ शून्य क्लव गठनको अवधारणा प्रतिको जागरुकता सम्मान योग्य रहेको आफ्ना सदस्य एवम् आफ्नो कार्यक्षेत्र भित्रका युवा वर्गलाई समेट्न चालेको यो कदम अत्यन्त सराहनीय रहेकोे,आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु संस्थाले सञ्चालन गरि आफ्नो संस्थाको उचाई अझ अगाडि बड्न सकोस भन्ने शुभकामना साथ आफ्ना धारणा प्रस्तुत गरेका थिए ।उक्त कार्यक्रमका दौरान सेवा केन्द्र इलामले पनि ३ शून्य क्लव अवधारणा सफल पार्न सहयोग पुग्ने अपेक्षाका साथ  स्थानीय इनपा ९ गोलबस्ती मा श्रेत्र सरसफाई एउटा रइनपा ८ तिल्केनी सोती गाउमा एउटा गरि  २ वटा तीन शून्य क्लव गठन गरिसकिएको जानकारी समेत गराइएको सेवा केन्द्रका प्रमुख केपी लुईटेलले जानकारी गराए  ।                                                 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment