झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते



झापा । झापाको शिवसताक्षीमा जङ्गली हात्तीले एक दम्पतीमाथि आक्रमण गरेको छ ।


हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । शिवसताक्षी नगरपालिका –११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा बुधबार साँझ दाउरा लिन गएका शिवसताक्षी–११ का ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
त्यस्तै उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको प्रहरी निरीक्षक गिरीले बताए ।
दुई वटाको सङ्ख्यामा आएका हात्तीले भेटवाल दम्पतीलाई आक्रमण गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment