रोङको सरस्वती माविमा क्यापटेन छान्न चुनाव, विद्यालयमा दिनभर चुनावी गतिबिधि


रोङ १० जेठः रोङ ६ को सरस्वती माध्यमिक विद्यालयमा विद्यालयकोको क्याप्टेन र उपक्याप्टेन छनौटको लागि  मंगलबार दिनभरी चुनावी गतिबिधि सञ्चालन भएको छ ।
वालबालिकाहरुको नेतृत्व विकास, लोकतान्त्रिक गतिबिधिको ज्ञान दिदै वालवालिकाको क्षमता बिकास गराउने उदेश्यले प्रतक्ष निर्वाचन प्रणाली द्वरा गरिएको निर्वाचनमा निर्वाचन पद्दतिमाहेको सबै प्रकृया पुरा गरिएको थियो ।निर्वाचन आयोगको गठन देखी कार्यतालिका प्रकाशन,मतदाता नामावलि प्रकाशन,उमेवद्वारको प्रस्ताबक समर्थक सहित मनोनयन,दाबिबिरोध, अन्तिम नामावलि प्रकासन,चुनाव चिन्ह बितर मतदान,मतपेटिका शिलबन्दी,उमेवद्वारको प्रतिनिधिसहित मतगणना र मतपरिणाम सहित घोषणा कार्यले साच्चैको चुवान बनेको हो ।
विद्यालयको क्याप्टेन र उपक्याप्टेन फरक लिङ्ग हुनुपर्ने र एक मतदाताले दुईजनालाई मतदान गर्नुपर्ने नियमानुसार क्याप्टेन पदमा एक छात्रा सहित तीनजना र उपक्याप्टेन पदमा दुई छात्र सहित चारजनाको मनोनयन भएको थियो ।कसैले उमेवद्वारी फिर्ता नलिईपछि भएको चुनावमा कुल १ सय एघार मतदाता रहेकोमा ९८ मत खसेकोमा ६ मत बदर भएको निर्वाचन अधिकृत समेत रहेका सामाजिक शिक्षक माधव प्रसाद मेहताले बताए ।
यसरी भएको मतदानमा क्याप्टेन पदमा ६२ मत पाएर रोसन राई बिजयी भएका थिएभने उनका प्रतिद्वन्दी स्पर्ष प्रधानले २० र दुर्गादेवी प्रधानले १० मत पाएका थिए ।यसैगरि उपक्याप्टेनमा आकृति सुबेदीले ३५ मत पाएर बिजयी हुदा उनका प्रतिद्वन्दीहरु सुस्मिता राईले ३०,उत्साह राईले १४ सेमियोग राईले ६,सुरज प्रधानले ४ र छेस्का लिम्वुले २ मत पाएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment