भारतीय सीमाक्षेत्रका स्थानिय नागरिकहरुसंग अन्तरक्रिया कार्यक्रम


इलाम,  १० जेठ: जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले मातहत प्रहरी इकाईहरुको निरीक्षण तथा अनुगमन गर्नु भई स्थानिय बासीहरुसँग अन्तरक्रिया कार्यक्रम गरी रहनु भएको छ वहाँले आज इलाका प्रहरी कार्यालय पशुपतिनगर, मानेभन्ञ्याङ, प्रहरी चौकी तिनघरे, आईतबारे र फिक्कलको निरीक्षण भ्रमण गर्नु भएको छ । 
निरीक्षण भ्रमण अवलोकन पश्चात सबै प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुहुँदै प्रहरी शासक होईन सेवक हो भन्ने धारणालाई आत्मसात गरी कानूनको परिधीमा रहेर जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न, सबै प्रहरी कर्मचारीहरु अनुशासनमा रही व्यावसायिक प्रहरी कर्मचारीको रुपमा कार्य सम्पादन गर्दै कुनै पनि प्रलोभन र मोलाहिजामा नपरी शुन्य सहनशिलतामा कार्य गर्न र कुनै पनि घट्‍ना घटे तत्काल Response गरी अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारी पुर्वक लागि पर्न निर्देशन दिनु भयो ।


        त्यसै गरी वँहाले सामाजिक संजालको सहि सदुपयोग गर्न, लागु औषध, आत्माहत्या, साईबर क्राईमका घटनाहरुलाई न्युनिकरण गर्न आफ्ना एरियामा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नका साथै नेपाल भारतको खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई कडाईका साथ नियन्त्रण गर्न आ-आफ्नो एरिया इलाकाहरुबाट लामो तथा छोटो दुरीको प्रहरी गस्ती खटाउन समेत निर्देशन दिनु भयो । सम्बोधनकै क्रममा वँहाले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने र आम सेवाग्राहीसँग समान व्यवहार गर्न समेत निर्देशन दिनुभयो । 


निरीक्षण भ्रमणकै क्रममा वहाँले भारत नेपालको सिमा क्षेत्रको अवलोकन गरी बिभिन्न कार्यालयका प्रमुखहरू, जनप्रतिनिधिहरु, संञ्चारकर्मी, स्थानिय बासीहरु संग परिचयात्मक भेटघाट कार्यक्रम गर्नुभई ईलाम जिल्लाका वर्तमान शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समसामयिक बिषयहरुमा छलफल तथा अन्तरक्रिया गरी प्राप्त राय, सुझाबहरुलाई कार्यन्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment