इलामको माई खोलामा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

 जेष्ठ १० गते , विहीबार

इलामको माई खोलामा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु
इलाममा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका- ८ निवासी विक्रम लिम्बूका ११ वर्षीय छोरा मिङसुहाङ लिम्बू र सोही ठाउँका राजेन्द्र आङदेम्बेका अन्दाजी ९ वर्षीय छोरा किस्मन आङदेम्वे रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 
माई नगरपालिका–८, बाँदरगाउँस्थित माई खोलामा उनीहरू पौडी खेल्न गएका थिए । मिङसुहाङ पानीमा डुबेको अवस्थामा फेला परेको थियो । उनलाई उद्धार गरी थप उपचारका लागि बिएन्डसी हस्पिटल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै आङदेम्वेको खोजतलास गर्नेक्रममा इलामको घिरलिङ भन्ने ठाउँमा पानीमा शव भेटिएको प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment