इलामको काबेली कोरिडोरमा करेन्ट लागेर मजदुरको मृत्यु

इलाम
२०८१ जेष्ठ १ गते , मंगलबार


इलामको काबेली कोरिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । सोमबार साँझ ७ बजेको समयमा इलाम माई नगरपालिका-६ साँघुरी बस्ने अन्दाजी वर्ष ३१ का शक्तिकुमार राईलाई काबेली कोरिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेको थियो । घाइते राईलाई उनका काका मणिराज राईले उपचारको लागि माई अस्पतालमा ल्याएका थिए ।
उपचारका क्रममा उनको राति ८:२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगूले बताए । राई ज्यालामा काबेली कोरिडोरमा काम गर्दै आएका थिए ।उनलाई ठेकेदार गजेन्द्र मिश्रले काममा लगाएका
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment