इलाम जिल्ला लिग : देउराली र रेडहर्सको जित


इलाम । एन्फा इलाम जिल्ला लिगमा देउराली स्र्पोटिङ क्लब र रेडहर्स फुटबल क्ल्बले जित निकालेका छन् । ठुलो टुडिखेलमा भएको प्रतियोगिताको उद्धघाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्ल्ब माथि ३–१ गोल अन्तरको जित निकालेको हो । देउरालीको जितमा बिनोद धमलाले २ र सुमन धमलाले १ गोल गरे । जस्बिरेका मन मगरले १ गोल फर्काए । सुमनले २४ औ मिनेटमा अग्रता दिलाए । दोश्रो हाफको बिनोदले ६ र २६ मिनेटमा गोल गरे ।
 मनले दोश्रो हाफको अन्तिम मिनेटमा सान्तवना गोल गरे । जितसंगै  देउरालीले ३ अंक बटुलेको छ । दोश्रो खेलमा रेडहर्सले क्लब ओएसिसलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा ओएसिसले ३ अंक जोगाउन सकेन् । खेलको ७ औ मिनेटमा निग्मा गुरुङले ओएसिसलाई सुरुवाती अग्रता दिलाए । १३ औ मिनेटमा पाल्देन तामाङले खेल बराबरीमा ल्याए । पेनाल्टी मार्फत गोल गर्दै उनले खेल बराबरीमा ल्याएका हुन् ।
२३ औ मिनेटमा साङगे शेर्पाले रेडहर्सलाई अग्रता दिलाए । २७ औ मिनेटमा साङ्गेले व्यक्तिगत दोश्रो गोल गरे । २९ औ मिनेटमा दिपेश राईले गोल गर्दै खेल ४–१ को अवस्थमा पु¥याए । निग्माले दोश्रो हाफको १८ औ मिनेटमा व्यक्तिगत गोल गरेपनि जितका लागि पर्याप्त भएन् । प्रतियोगिता अन्र्तगत मंगलबार माईभ्याली फुटबल क्लब र हेलिबोध एफसी भिड्नेछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment