इलाम जिल्ला लीग : हेलिबोध माथि माईभ्यालीको जित


एन्फा इलाम जिल्ला लीगमा माईभ्याली फुटबल क्ल्ब बिजयी बनेको छ । इलामको ठुलो टुडिखेलमा संचालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माईभ्यालीले ३ अंक जोडेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा हेलिबोध पराजित बनेको हो । खेलको २१ औ मिनेटमा साइमन लिम्बुले हेलिबोधलाई अग्रता दिलाएका थिए । सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोएल राईले पहिलो हाफको इन्जुरी समयमा खेल बराबरी गरे । दोश्रो हाफको १५ औ मिनेटमा सागर न्यौपानेले पेनाल्टी मार्फत गोल गर्दै माईभ्यालीलाई महत्वपुर्ण ३ अंक दिलाए । बुधबार ठुलो टुडिखेलमा हेल्लो जस्बिरे र रेडहर्स फुटबल क्लब तथा देउराली स्र्पोटिङ क्लब र क्लब ओएसिस भिडनेछन् । सोमबारको खेलमा जित निकाल्दै रेडहर्स र देउरालीले समान ३/३ अक प्राप्त गरेका छन् । हेल्लो जस्बिरे र क्लब ओएसिस अंक विहिन छन् । देउमाई नगरपालिकाको छात्राबास खेल मैदानमा हेलिबोध फुटबल क्ल्ब र त्रिवेणी फुटबल क्लब भिडनेछन् । हेलिबोध आजको खेलमा पराजित बनेर अंक विहिन रहँदा त्रिवेणी पहिलो खेल खेल्दैछ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment