इलाम, १८ जेठः जुनियर (यू–१५) राष्ट्रिय बुद्दिचाल प्रतियोगिता २०८१को लागि इलाम जिल्ला छनौट प्रतियोगिता सम्पन्न भएको छ । इलाम जिल्ला बुद्दिचाल संघको आयोजना, जिल्ला खेलकुद विकास समिति, इलामको समन्वय र कोशी प्रदेश बुद्दिचाल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताबाट छात्ररछात्रा २ २ जना छनौट भएका छन ।
आज जेठ १७ गते जिल्ला समन्वय समिति इलामको समिक्षालयमा सम्पन्न प्रतियोगिताबाट विजय भइ छनौट हुनेमा छात्र तर्फ प्रथम प्रज्ञा सदन इलामका दिपेश तामाङ ९इलाम नगरपालिका( ६०, र दितिय सनराइज अङ्ग्रेजी स्कुल, सुर्योदयका सक्षम पौडेल ९सुर्योदय नगरपालिका–८० भएका छन भने छात्रा तर्फ प्रमथ इलाम रोजमेरि, सुर्योदयकि रिस्ता राइ (सुर्योदय नगरपालिका–११) र दितिय ग्रीनभ्यालि एकेडेमी अध्ययनरत आन्वि राइ रहेकि छिन । इलाम बुद्दिचाल संघका अध्यक्ष प्रकाश परियारको अध्यक्षता भएको प्रतियोगिता आर्विटर तारानिधि घिमिरे रहनु भएको थियो । छ्नौट भएका खेलाडीले प्रदेश स्तरीय छनौटमा सहभागी हुने अवसर पाउने छ्न । जुनियरको राष्ट्रिय प्रतियोगिता यहि जेठ ३० र ३२ पोखरामा हुने कोशी प्रदेश बुद्दिचाल संघका अध्यक्ष सुरेन्द्र कुमार राइले जानकारी गराएका छ्न । आज विजेता ४ जनालाइ ट्रफि र सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
0 comments:
Post a Comment