इलामको माईमा छोराद्वार बुवाको हत्या, फरार रहेका अभियुक्त पक्राउ


इलाम, १८ जेठः  इलामको माई नगरपालिका १० ढोडेनी बस्ने बर्ष ६६ को दिल बहादुर राईलाई निजको आफ्नो छोरा बर्ष ३५ को राम बहादुर राईले चिर्पटले हिर्काएर हत्या गरेका छन् । बुधकार रामबाहादुरले चिर्पटले हानी बेहोस पारी जंगलको बाटो भई फरार रहेको स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर प्रप्त भएपछि तत्काल घटनास्थलमा स्थानिय प्रहरी परिचालन गरि अनुसन्धान शुरु गरिएको थियो ।  

धाईतेलाई स्थानियबासीको सहयोगमा झापा विर्तामोड अस्पताल लगिएकोमा अस्पतालमा डक्टरले मृत घोषणा गरेको थिए । फरार रहेको अभियुक्तलाई खोजतलास गर्न जिप्रका इलामबाट र स्थानिय प्रहरी ब्यापक रुपमा  खोजी कार्यमा स्थानियबासीको समेत सहयोग र सहभागितामा शुक्रबार बेलुकाको समयमा निज अभियुक्तलाई माई नपा १० को ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  घटना घटेको २४ घण्टा भित्रै पक्राउ गर्न सफल भएको साथै निजमाथी उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कर्यालय इलामले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment