इलामको माईमा वेवारिसे चिरान काठ प्रहरीको नियन्त्रणमा

२६ जेष्ठ २०८१, शनिबार


विमल दहाल, माई ।

इलामको माई नगरपालिका–४ मा रहेको नमुना सामुदायिक वन क्षेत्रको ठुलो खोलीमा वेवारिसे चिरान काठ प्रहरीले नियन्त्रणमा लिएको छ ।

फोहर ब्यवस्थापन गर्ने गरिएको डम्पिङ साईट नजिकै लुकाई छिपाई राखिएको विभिन्न परिणामको सखुवा जातको चिरान काठ प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले फेला पारेको हो ।

विभिन्न साईजका १०६ थान अर्थात ९७.६२ क्यू फिट काठ बरामद गरिएको लोदिया प्रहरी चौकी दानावारीका इन्चार्ज प्रहरी बरिष्ठ नायव निरीक्षक कैलाशकुमार केसीले जानकारी दिए।

प्रहरी बरिष्ठ नायव निरीक्षक केसी नेतृत्वमा खटिएको प्रहरी टोलेले लुकाई छिपाई राखिएको अवस्थामा काठ नियन्त्रणमा लिएको हो । प्रहरीले वरामद गरिएको काठ सव डिभिजन वन कार्यालयमा खबर गरी फरेष्टर मनिषा कार्की समेतको संयुक्त टोलीले आवश्यक कार्वाहीका लागि सव डिभिजन कार्यालय सुखानी इलाममा राखि‌एको वताइएको छ । वरामद काठको मुल्य करिव चार लाख रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment