राेङमा जेठ २७ वाट धमकेदार प्रस्तुती

गाेबिन्द पाैडेल 

२५ जेठ


राेङ गाउपालिकाभित्रका सास्कृतिक प्रतिभाहरुले धमकेदार प्रस्तुती गर्ने भएका छन् ।

राेङ गाउपालिका भित्रका प्रतिभाहरुकाे पहिचान र बिकास गर्न राेङ गाउपालिकाले गायन,नृत्य र साहित्यक प्रतिभा खाेजि गर्न राेङ प्रतिभाकाे खाेजी कार्यक्रमकाे प्रारम्भिक चरणकाे छनाैट थालनी अागामि जेठ २७ वाट शुरु गर्ने भएपछि गाउमा रहेका प्रतिभाहरु उत्कृष्ट बन्न दमदार प्रस्तुति गर्न तैयारीमा जुटेका छन् । फारम बितरणकाे आधारमा करिव तिनसय पचास सहभागि हुने अनुमान रहेपनि हालसम्म तिनसय अठार फारम सकलन भईसकेकाे र भाैगाेलिक असहजताले केहि फारमहरु अाईनपुगेकाे राेङ गट ट्यालेणड प्रतियाेगिता कार्यक्रम सयाेजक प्रमेश राईले बताए ।

राेङ प्रतिभाकाे खाेजी निर्देशक समितिकाे अायाेजना,गाउपालिकाकाे अार्थिक सहयाेग र राेङ बिध्यार्थी एकता समितिकाे सह सहयाेगमा हुनलागेकाे कार्यक्रममा गायन बवधामा एकसय बाह्र,नृत्य बिधामा १ सय ५७ र बतिता बिधामा ३९ प्रतिस्पर्धीहरुकाे बिबरण अाईसकेकाे निर्देशक समितिका सदस्य डायमण्ड तिमसिनाले बताए ।जसअनुसार वडा न १ वाट२४ गायन ,२३ नृत्य र १२ कवहरु । वडा न २ वाट९ गायन ,११ नृत्य र ७ कविहरु ,वडा न ३ वाट२१८ गायन ,३७नृत्य र ८ कविता ,वडा न ४वाट२२ गायन ,७ नृत्य र १ कविताहरु ,वडा न ६वाट ३२गायन ,५१ नृत्य र ६ कविताहरु पस्कनकाे लागि प्रतिभाहरु तैयारी रहेका तिमसिनाले बताए ।

आगामि २७ गते वडा न ६ काे वडा कार्यालयबाट शुरुहुने अडिसन,२८ गते वडा न ४र ५ वडामा,जेठ २९ गते ३ र ३० गते वडा न १ र २ नम्वरमा गरिने छ ।हाललाई नृत्य र गायन बिधाकाे पहिलाे चरणकाे छनाैट गरिने र साहित्य लगायत देाश्राे चरणकाे कार्यक्रमकाे तालिका पछि प्रकाशन गरिने भएकाे निर्देशक समितिले बताएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment