रोङ ५ का वडा अध्यक्षको गुमनाम काम


२८ जेठ रोङः चुनाबमा अनेकन बाचाहरु छरिन्छ तर चुनावपछि पुरा हुदैन अलपत्र परिन्छ भन्ने नागरिकहरुको चिन्तालाइ तोडेर कतिपय जनप्रतिनिहरुले पुरा समेत गरेका छन ।
सानो काम गर्यो कि अनेकन प्रचार गर्ने नेपाली सस्कार नै बनिरहेको बेला आफुले मत माग्दा गरेको बाचा बिनाप्रचार गुमनाम काम गरेर उदहारण दिएका छन रोङ गाउपालिका वडा न ५ का वडाध्यक्ष दलबहादुर पुलामीले ।
खानेपानीको बिकराल समस्या रहेको रोङ गाउपालिका वडा न ५को टोलहरुमा खानेपानीको समस्या  समाधान गरिदिने वाचा गरेका पुलामिले मत माग्दा त मतदाताले कुरो पत्याएका थिएन् तर मतदाताका मन जितेका वडाध्यक्ष पहिलो बाचा पुरागर्न अहोरात्र लागिरहेको कामको ब्यस्ततामा लागिरहदा प्रचारमा ध्यान समेत गएन फलस्वरुप दुईबर्षमै अभावग्रस्त टोलहरु नाखोपा,मालवासे,सारुपाखा,गैरीगाउ, पाखागाउ, डाडागाउ,देवनछाप आहाले,जिरिखिम्ति लगायतको दुईसय पचास घरमा  खानेपानि पुर्याई धारा जडान गरि सकिएको र अहिले मुर्चुङ्गे बजार आसपासमा भईरहेको कामपनि यसै बर्षभित्र सकिनेछ  वडाध्यक्ष पुलामिले बताए ।
खानेपानीको चरम अभाव रहेको ईरौटारमा खानेपानी योजना सचालन गर्न २०७९ सालमा पुलामीकै अध्यक्षतामा  खानेपानि डिभिजन कार्यलयमा पहल गरि टिमाईखोला खानेपानी  योजना प्रस्ताबित गरिएको मा खानेपानी  डिभिजन कार्यलयको दुईकरोड चौसठीलाखमा योजना सचालन भई देवनछाप,महान्दडाडा,जिरिखिम्ति लगायत आधादर्जन टोलका करिव दुईसय पचास घरमा खानेपानी पुर्याईएको  गाउपालिकाको  करिव तिसलाख बजेटबाट नाखोपा मालबाँसेका उपभोक्ताहरुको लागि पैसठी वटा मिटर जडानगरि खानेपानि पुर्याईएको र हाल रोङ गाउपालिकै पाच लाखको सहयोगमा मुरचुङ्गेमा करिव ५० वटा धारा जडानको अन्तिम तैयारि रहेकोले चालु बर्षमानै योजना पुरा हुदा आफुले नागरिकहरुसग गरेको वाचा पुरा हुने अध्यक्ष पुलामिले बताए ।
यता आफुहरुको बर्षौ देखिको खानेपानिको समस्या  समाधान भईबलेसीमै रहेको धारोमा पानी आउन थालेपछि आफुहरु निकै खुसी भएका नाखोपाका   ६० बर्षिय नरमाया राईले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment