बिर्तामोडमा चक्कु प्रहार गर्ने धिमाल पक्राउ


बिर्तामोड । करिब तीन साताअघि झापाको बिर्तामोडमा चक्कु प्रहार गरी फरार रहेका वरुण धिमाल पक्राउ परेका छन् । प्रहरीले फरार रहेका धिमाललाई खोजतलास गर्ने क्रममा आइतबार बुद्धशान्ति गाउँपालिका ३ पुलचौकबाट पक्राउ गरेको हो ।
जेठ ६ गते राति ८ः३० बजेको समयमा बुद्धशान्ति गाउँपालिका-३ घर भई बिर्तामोड नगरपालिका ३ स्थित विनीता ढकालको घरमा डेरा गरी बस्ने २८ वर्षीय धिमालले सुनसरी साबिक इटहरी नगरपालिका-८ घर भई सोही घरमा डेरा गरी बस्ने  अन्दाजी ७० वर्षीय काशीनाथ गौतमलाई पेट र शरीरको विभिन्न भागमा तरकारी काट्ने चक्कुले प्रहार गरी घाइते बनाई फरार भएका थिए ।
धिमाललाई झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment