झापामा ब्राउन सुगरसहित दुईजना पक्राउ

२०८१ जेष्ठ २९ गते , मंगलबार


झापामा लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-३ मदनपुर बस्ने ३७ वर्षीय दिलबहादुर विश्वकर्मा र बिर्तामोड नगरपालिका-५ बस्ने ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी राय रहेका छन् ।
गएराति ८ः३० बजेको समयमा अर्जुनधारा-३ मदनपुर टोलस्थित अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले शङ्कास्पद अवस्थामा विश्वकर्मालाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ९६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । विश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याई थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै राति ८ बजेको समयमा मेचीनगर-६ पुरानो मेची पुलमा प्रहरी टोलीले भारततर्फबाट भाडाको सिटी सफारीमा आउँदै गरेका सुमन भन्ने सूर्यवंशीलाई शङ्कित अवस्थामा फेला पारी सोधपुछ गर्दा उनको साथबाट प्लास्टिकसहित २ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । रायलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment