झापामा टिपर र बस ठोक्किँदा दुर्घटना, २१ यात्रु घाइते

२०८१ असार ४ गते , मंगलबार


झापा । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे राजमार्गका टिपर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा। ३ ख २१६६ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को। १ ख ५०८७ नम्बरको बस एक आपसमा ठोक्किएका थिए ।
घाइतेमध्ये ११ जनाको दमक रिसर्च सेन्टर अस्पताल, नौ जनाको लाइफलाइन अस्पताल र एक जनाको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक उदयपुर त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषा गणेशमान–५ का ३४ वर्षीय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment