झापामा सशस्त्र प्रहरीद्वारा स्थानीय व्यापारीमाथि हेलमेट प्रहार

२०८१ असार १६ गते , आईतबार


झापाको दक्षिणी सीमावर्ती पालिका झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई हेलमेटले हानेका छन् ।हेलमेट प्रहारबाट झापा गाउँपालिका-४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र मुख फुटेर रताम्य भएका उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
आज आइतबार दिउँसो पन्थापाडा र सुकुम्वासी बस्तीको बीचमा सशस्त्र प्रहरी जवानले झापा ४ का वडा अध्यक्ष मोहम्मद ताहिरकै अगाडि हबिबुल्लाहलाई धकेल्दै हेलमेट प्रहार गरेका थिए ।
वडाअध्यक्ष ताहिरका अनुसार हबिबुल्लाहका भाइ विदेश जाने भएपछि आफ्नो कपडा पसल स्थानीय व्यापारी निर्मल मर्डीलाई बिक्री गरेका थिए । मर्डी सोही पसलका कपडा लिएर मोटरसाइकलमा रहेका बेला सशस्त्र प्रहरीले रोकेर सोधपुछ गरेका थिए । मर्डीले कपडाका बारेमा विस्तृत बताए पनि प्रहरीले बील मागेपछि वडा अध्यक्ष ताहिर र हबिबुल्लाहलाई बोलाएका थिए । हबिबुल्लाहले कपडाको बील देखाए पनि प्रहरीले मानेनन् ।
त्यही बेला सशस्त्र प्रहरी जवानले हबिबुल्लाहलाई धकेलेका थिए । प्रतिक्रिया स्वरूप हबिबुल्लाहले पनि प्रहरीलाई धकेलेका थिए । त्यस क्रममा हबिबुल्लाहमाथि हेलमेट प्रहार भएको बताइएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment