इलाम,१२ जेठः इलामको तिल्केनीबाट मोटरसाइकल चोरीको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति २०ः१५ बजेको समयमा इलाम इलाम नगरपालिका ७ टुडिखेल स्थित नाङलो रेष्टुरेन्ट अगाडी पार्कीङ गरी राखेको प्र१–०१–०१८प१७२४ नम्बरको कालो कलरको रोयल इन्फिल्ड मोटरसाईकल के कुन मानिसहरुले चोरी गरी लगेको भनि जिल्ला प्रहरी कार्यालय इलाममा खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय इलाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामबाट संयुक्त प्रहरी टोली खटीइ खोज तलास गर्ने क्रममा इलाम नगरपालिका ८ तिलकेनी स्थितबाट उक्त नम्बरको मोटरसाईकल र चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इलाम नगरपालिका ८ तिल्केनी वस्ने वर्ष २० को सुमन तमाङ र सोही स्थानमा वसोवास गर्ने वर्ष २८ को भुपेन्द्र कडेरिया रहेका छन् ।
पक्राउ परेका निज अभियुक्तहरुलाई जिल्ला अदालत इलाममा उपस्थित गराई मिति २०८२ साल जेठ ११ गते देखी लागु हुने गरी दिन ७ म्याद थप भई जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
0 comments:
Post a Comment