झापामा रुखबाट लडेर एकजनाको मृत्यु

२०८२ माघ १० गते , शनिबार


झापा गाउँपालिकामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । हिजो बिहान १०:३० बजे झापा गाउँपालिका-६ फुलगाछी बस्ने ४५ वर्षीय तुलाराम राई सोही ठाउँमा रहेको रानी वनमा रुखमा चढी बाख्राको लागि घाँस काट्ने क्रममा अचानक रुखबाट लडेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याई उपचार गराउने क्रममा दिउँसो १२.२० बजे मृत्यु भएको हो । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment