विकासको पर्खाइमा सीमाका नेपाली 
पशुपतिनगर, श्रीअन्तु–८ गुफापाताल निबासी मदन गुरुङ सदरमुकाम इलाम बजार आउन भारतीय सडक र गाडि प्रयोग गर्नुपर्छ । ‘छब्बिसे–छिरुवा–अन्तु सडक भएपनि गाडि चल्न सक्ने अवस्था नभएपछि छब्बिसेबाट भारतीय गाडि समाएर पशुपतिनगरसम्म यात्रा गर्छौ । उनी भन्छन्– फाटकमा भारतीय गाडि छोडेर पशुपतिनगरबाट अर्को गाडि प्रयोग गरि नेपा
लका बजार जानुपर्ने बाध्यता छ ।’ घरमा ठोकिएको फिक्कल–छिरुवा–छब्बिसे सडक भएपनि हिउँबर्खै गाडि चल्न मुस्किल हुने भएकाले भारतीय बाटो भएर फेरी नेपाल पस्नुपर्छ । गुरुङ भन्छन्–‘नेपाल भएर हिड्ने सडकहरु थुप्रै भएपनि एउटापनि सडक राम्रै छैन् ।’ तरकारी खेती र गाई पालन गर्दै आएका उनीकहाँ कृषि प्राविधिक र पशु प्राविधिक अहिलेसम्म पुगेका छैनन् । ‘३९ रोपनी जग्गा भएपनि खाध्यबालि हुदैन । उनी भन्छन्–‘कोपि, मुला, इस्कुस, धनीया बिक्रिबाट २० हजार भारतीय रुपैयाँ आम्दानी हुन्छ ।’ कृषि प्राविधिकको सर सल्लाहा लिन टाढा जानुपर्ने भएकाले तरकारि खेती फस्टाउन नसकेको उनले बताए । मदन गुरुङ जस्तै सीमा क्षेत्रमा बस्ने नेपालीहरुले सडक मात्रै हैन शिक्षा, स्वास्थ्य, व्यापार, रोजगारका लागि पनि भारतकै प्रयोग पर्नुपर्छ ।
पशुपतिनगर, मानेभञ्ज्याङ जस्ता नेपाली बजार भएपनि सीमा क्षेत्रका बासिन्दा भारतकै बजारमा निर्भर छन् । सीमा क्षेत्रका नेपाली नागरिक मिरिक, दार्जिलिङ, सुकिया, सिलिगुडि बजार जाने गरेको श्रीअन्तु गाविसका पूर्व अध्यक्ष हर्कधन तामाङले बताए । ‘सीमा क्षेत्रमा बस्ने हामी सबैको किनमेलदेखि औषधिउपचार गर्ने बजार भारतकै हुन् । उनी भन्छन्–‘ यहाँको विकासमा सदरमुकाम बसेर योजना बनाउनेले वास्था गरेका छैनन् ।’ मेची बजारमा मेची माध्यमिक विद्यालय भएपनि निम्न आयश्रोत हुनेले मात्रै अध्ययनका लागि छोराछोरी पठाउने गरेका छन् । भारतपट्टि खुलेका नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुने बोडिङमा धेरैजसो विद्यार्थी नेपाली देखिन्छन् । बढी आयश्रोत हुने नेपालीहरुले मिरिक, दार्जिलिङ, सिलिगुडि लगायतका शहरमा अध्ययनका लागि छोराछोरी पठाउने गरेको पाइन्छ । 
सीमा क्षेत्रको नेपाली बजार पशुपतिनगरमा डाक्टर सहितको दरबन्दि रहेको प्राथमिक स्वास्थ्य केन्द्र भएपनि नियमित डाक्टर बस्दैनन् । दरबन्दिका डाक्टर नियमित रुपमा नबस्ने भएकाले सबै बिरामी भारतीय अस्पतालमा उपचारका लागि जाने गरेका छन् । बिषेशज्ञ डाक्टरको उपचार लिन घण्टौ लगाएर धरान, विराटनगर जानुपर्ने भएकाले सबैँको रोजाइ भारतीय अस्पताल हुने गरेको छ । भारतमा स्वास्थ्य सुविधा लिदा महङ्गो हुने भएपनि बाध्यता भएको श्रीअन्तु गाविसका पूर्व अध्यक्ष हर्कधन तामाङको भनाइ छ । संचारका साधन पनि भारतीय नै प्रयोग हुन्छन्, सीमा क्षेत्रमा । धेरैजसो यहाँका नेपालीले भारतीय कम्पनीका मोबाइल प्रयोग गर्दै आएका छन् । तरकारी खेतीको प्रशस्त संभावना भएपनि त्यस अनुरुपका योजना यहाँसम्म आइनपुग्दा किसान रोजगारका लागि भारतीय बजार नै भौतारीनु परेको छ । यहाँका युवाहरु भारतका बजारमा गएर ड्राइभर, काठको काम गर्दै आएको स्थानीय मदन तामाङले बताए । 
खुला सीमाना भएकाले यो क्षेत्रमा बस्ने नेपालीका लागि सुरक्षाको बढी चिन्ता हुने गरेको छ । भारतले पाँच किलोमिटरको फरकमा सीमा सुरक्षा बल राखेपनि नेपालतर्फ इलाका प्रहरी कार्यालय प्रशुपतिनगर अन्तरगत प्रहरी चौकीहरु छन् । त्यो पनि गाविस कार्यालय आसपासमा । अपराध अनुसंन्धानमा बढी खटिने नेपाल प्रहरीको टोली सीमा विवाद हुदा र कुनै घटना भएमा मात्र पुग्ने गरेको सीमा क्षेत्रका बासिन्दाको गुनासो   छ । १३ गाविस र एक नगरपालिकामा कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्याल पशुपतिनगरमा एक सय ९९ जना प्रहरी दरबन्दि भएपनि एक सय ३० जना मात्र रहेको प्रहरी निरिक्षक इश्वर थापाले बताए । ‘क्षेत्र ठुलो भएपनि आफ्नो साधन श्रोत प्रयोग गरि शान्ति सुरक्षा कायम राख्न लागि गरेका छौँ । उनी भन्छन्–‘सीमा क्षेत्रमा पछिल्लो समयमा सुरक्षा गस्ति पनि बढाएका छौ । सीमा विवाद पटक–पटक भएकाले यहाँको सीमा क्षेत्रको  शान्त हुनुपर्ने स्थानीयको भनाइ छ । ‘सीमा क्षेत्र क्लियर नहुदा सीमा विवाद हुदै आएको श्रीअन्तुका पूर्व गाविस अध्यक्ष हर्कधन तामाङ बुझाइ छ । उनी भन्छन्–‘सीमानामा निरिक्षणका लागि सरकारी अधिकारी बाक्लै आएपनि अहिलेसम्म समाधान नहुदा समस्या उस्तै छ ।’ जिल्ला सुरक्षा समितिले भने सीमा क्षेत्रका चार स्थानमा सुरक्षा बलको पोस्ट राख्न गृह मन्त्राललाई पठाएको जनाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल भन्छन्–‘ पशुपतिनगर, मानेभञ्ज्याङ, जौबारी र सन्दकपुरमा शसस्त्र प्रहरीको बेस क्याम्प स्थापनाका लागि माग गरेको धेरै भएपनि कुनै प्रतिक्रिया आएको छैन ।’ सुरक्षा बलको क्याम्प सीमा क्षेत्रमा राखिए अपराध न्युनिकरणका साथै स्थानीय जनतालाई सुरक्षाको अनुभुति हुने उनको बुझाइ छ । 
समस्या सडकको 
सीमा क्षेत्रका बासिन्दाका लागि सबैभन्दा समस्या सडक हो । नेपाली भु–भाग भएर हिउँद वर्षातमा नै गाडि कुद्ने सडक नहुदा भारतीय सडक प्रयोग गर्नु बाध्यता रहेको सीमा क्षेत्रमा मानव बेचबिखन नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्दै आएको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले बताए । ‘सडकको सुविधा नहुदा स्थानीयबासीले नेपाल सरकारले दिएका सुविधा उपभोग गर्न पाएका छैनन् । ढकाल भन्छन्–‘सडक नहुदा सरकारी निकायको नजर पनि नपरेको अवस्था छ ।’ दिर्घकालिन योजना बिना गाविस, जिल्ला विकास समितिका साथै अन्य विकासे कार्यालय खनिएका सडक कुनैको पनि डिटेल सर्भे छैन । दिर्घकालिन सोच र योजना नभएकाले यहाँका सडकमा कि बजेट पर्दैन परेपनि कमि मात्रै पर्छ । कर्मचारीका भरमा चलेका स्थानीय निकायले भारतसँगको सीमाका बासिन्दाका लागि भनेर कुनै योजना दिन सकेका छैनन् । 
राजनीतिक दलको सर्वदलिय संयन्त्रका भरमा चल्ने गरेपनि जिल्ला विकास समितिसँग सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको सुविधाका लागि भनेर अहिलेसम्म कुनै योजना बनाएको छैन । गाविस, इलाका हुदै जिल्ला परिषद्मा योजना आउनुपर्ने भएपनि अहिलेसम्म कुनै योजना माग नभएको स्थानीय विकास अधिकारी मदन कोइरालले बताए । सरकारी निकायको धेरैवटा समितिको अध्यक्षको जिम्मेवारी समेत लिएका कोइराला भन्छन्–‘शिक्षा र स्वास्थ्य उपचारका लागि भारत जानेहरुलाई रोक्न सकिदैन, भौतीक पूर्वाधार बनाएर सीमा क्षेत्रमा के गर्नु केमा प्रयोग हुन्छ ।’ राजमार्ग देखि जिल्ला सडक समेतको काम गर्दै आएको सडक डिभिजन कार्यालय इलामले इलाम र पाँचथरका सीमा क्षेत्रका बासिन्दा लक्षित गरि दूई सडकको काम गर्दै आएको छ । सडक डिभिजनमा जिर्मले–समाल्बुङ–सन्दकपुर सडक र गोरुवाले भञ्ज्याङ–सन्दकपुर –च्याङथापु सडकमा काम गर्दै आएपनि बजेट कमी आएकाले प्रगति त्यति राम्रो छैन । सडक विभागले डिपिआर तयार पार्दै आएपनि बर्षेनी यी सडकको बजेट घट्दै गएको अवस्था छ । झापाको बाहुनडाँगीदेखि इलामको सन्दकपुर जोड्ने सडकमा अहिले १७ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको सडक डिभिजनका इञ्जिनियर अरुणकुमार कर्णले बताए । 
चार वर्षदेखि नियमिति रुपमा काम हुदै आएको यो सडकको अझै पाँच किलोमिटर ट्रयाक खोल्न बाँकि रहेको छ ।  ६५ किलोमिटर लामो यो सडकले इलामका सबै गाविस जोड्ने भएपनि बजेट कम निकासा हुदा थोरै मात्र काम हुने गरेको छ । त्यस्तै सन्दकपुरबाट पाँचथरको च्याङथापु जोड्ने सडकका लागि पनि बजेट खासै छैन । ६० किलो मिटर लामो सडक भएपनि अहिलेसम्म यो सडकको २० किलोमिटर मात्रै ट्रयाक खोलिएको   छ । यी सडकमा १२ महिना गाडि गुडाउने उदेश्य भएपनि बजेट कमिले गर्दा काम प्रगति राम्रो नहुने प्राविधिकको भनाइ छ ।  स्थानिय सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete