यसरी बन्यो श्रीकृष्णको फिल्म ‘कोहिनुर’



निर्देशक आकाश अधिकारी आफु निर्देशित फिल्म कोहिनुरले ऐतिहासिक सफलता पाउँदा पनि पुर्ण रुपले खुशी हुन सकेका छैनन् । कोहिनुरका अभिनेता,निर्माता श्रीकृष्ण श्रेष्ठ बिरामी परेपछि नै आकाशको काँधमा बोझ थपिएको थियो । उनले कोहीनुरको सम्पादनसम्म श्रीकृष्णको साथ पाएका थिए । श्रीकृष्णको निधनपछि फिल्मको सिंगो जिम्मेवारी आकाशमा आयो ।
‘फिल्मले ऐतिहासिक सफलताको रेकर्ड राखेको छ,’ तर म खुसी छैन, निर्देशक अधिकारी भन्छन्,‘यो खुसी,यो सफलता श्रीकृष्णले देख्न पाउनुभएन । यसमा मलाई निकै दुःख लागेको छ ।’ कोहिनुर श्रीकृष्णले निर्माण गरेको दोस्रो तथा अन्तिम फिल्म हो । कसरी बन्यो त कोहिनुर ? निर्देशक अधिकारीले भन्छन् । 
श्रीजीले केही वर्ष पहिला नै मलाई निर्देशक लिएर फिल्म बनाउने इच्छा राख्नुभएको थियो । त्यतिवेला मैले ‘को आफ्नो को बिरानो’फिल्म निर्देशन गरिरहेको थिएँ । त्यो फिल्ममा श्रीजी हिरो हुनुहन्थ्यो । उहाँ मेरो कामदेखि प्रभावित हुनुभएको थियो । सुटिङ गर्दै जाने क्रममा उहाँले भन्नुभयो–आकास सर,म कुनै दिन फिल्म बनाउँछु र त्यसको निर्देशन तपाईले नै गर्नुपर्छ है ।’
त्यसको केही वर्षपछि उहाँले फिल्म निर्माणमा हात हाल्नुभयो । उहाँ लगातार शिव रेग्मीजीसँग काम गरिरहनुभएको थियो । उहाँहरुको ट्युनिङ राम्रो थियो । त्यसैले उहाँले पहिलो फिल्म शिवजीलाई लिएर निर्माण गर्नुभयो । र,भन्नुभयो–डाइरेक्टर साब तपाईसँग भेट्नु काम छ । समय मिलाउनुस् न । मैले उहाँलाई रेड स्टुडियोमा बोलाएँ । उहाँ आउनुभयो । अनि एकछिन ‘तपाईसँग सेपरेटमा बस्नुपर्यो’ भन्नुभयो ।उहाँ र म मेरो अफिस रुममा चुकुल लगाएर बस्यौं । अनी श्रीजीले भन्नुभयो –सर म नयाँ फिल्म बनाउने योजनामा छु । त्यसको निर्देशन तपाइले गरिदिनु पर्याे । मैले हुन्छ भने । उहाँले एउटा लभस्टोरी प्लट सुनाउनुभयो । मलाई मन पर्यो । मैले मसँग भएको एउटा कथा सुनाएँ । उहाँले आफुले सुनाएकोमा मैले सुनाएको कथा निकै मन पराउनुभयो र त्यसैमा फिल्म बनाउ भन्नुभयो । त्यो कथाको नाम के राख्ने भन्नेमा धेरै बेर सोचमा परियो । मैले ६ सातवटा नाम लेखेको थिएँ,त्यो मध्ये कोहिनुर ‘सेलेक्ट’ भयो ।
कथा त रेडी थियो । तर,पटकथा र संवाद लेख्नमा भने हामीलाई फेसबुकमा भेटिएका दुईजना भाइ यम थापा र विशाल सुव्वाले साथ दिए । उहाँहरुसँग धेरैपटक,धेरै दिन सँगै बसियो । बिशाल भाइ दार्जलिङका हुन् । उनी बीचमै उता फर्किएकाले म,श्रीजी र यम भाइ लागेर कोहिनुरको स्क्रिप्ट फाइनल गरेका हौं ।
स्क्रिप्टपछि कामी गीत तयार गर्न लाग्यौं । किरण खरेल,सुन्दर श्रेष्ठ र डा कृष्णहरी बरालले एक–एकवटा गीत लेख्नुभयो । एउटा हिन्दी गीत कसलाई लेखाउने भन्ने भयो । श्रीजीले इन्डियातिर कसैलाई कन्ट्याक गर्नुपर्ला भन्नुभयो । मैले हिन्दी शव्दहरु मिसाएर एउटा गीत लेखेको थिएँ । अर्को दिन श्रीजीले त्यो गीत पढ्नुभयो । पढिसकेपछि उहाँ जुरुक्क उठ्नुभयो र भन्नुभयो –कसले लेखेको हो यो गीत ? मैले लेखेको हुँ भनेँ । उहाँ निकै खुशी हुनुभयो । त्यो गीतले फिल्मको मर्म बोकेकाले त्यही गीत राख्ने निर्णय भयो । स्थानिय सन्देशबाटयसरी 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete