मलेसियालाई हराउँदै नेपाल बन्यो यू-१६ प्रिमियर क्रिकेट च्याम्पियन

 नेपालले एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि जितेको छ 

आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले यू-१६ उमेर समूहकै पहिलो उपाधि मात्र जितेन, दुई वर्ष अघि व्यहोरेको हारको बदला समेत लिएको छ । २ वर्षअघि एलिट कपका नाममा भएको प्रतियोगितामा नेपाललाई १ विकेटले हराएर मलेसियाले उपाधि उचालेको थियो ।
यू-१६ च्याम्पियन बनेसागै नेपालले एसियाली क्रिकेट परिषद्ले आयोजना गर्ने उमेर समूहको सबै प्रतियोजिता जितेको छ । यू-१७ एक पटक, यू-१९ चार पटक जितेको नेपाल यू-१६ मा भने दुई पटक फाइनलमा पराजित भएको थियो ।
एकपछि अर्को उपाधि चुमेको नेपाल पछिल्लो समय भने उमेर समूहमा कमजोर देखिएको थियो । यसअघि सन् २००९ मा पृथु बास्कोटाको कप्तानीमा एसीसी यू-१७ जितेयता नेपाली उमेर समूहमा उपाधिविहीन थियो ।
बुधबार किनरारा ओभरमा नेपालले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियन ३६।२ ओभरमा १२९ रन जोड्दा अल आउट भयो । ३३ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको मलेसियाले थप ७ सातका लागि चार विकेट गुमायो ।
यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४४ रनको योगदान दिए । आठौं नम्बरमा व्याटिङमा आएका उनले २६ बलको सामाना गरेर चार चौका र दुई छक्का समेत हानेका थिए । यस्तै रवि चन्दले ३४ र शाशिफ शेखले २० रन जोडे ।
नेपालका पवन म्यान अफ दि म्याच घोेषित भए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete