आँसुले बगायो तीजको खुसी


१२ भदौ, सुर्खेत । घरभरि छोरी-ज्वाइँ र नातिनातिना । बिहानदेखि दर खुवाउँदै ब्यस्त । बरु ऋण किन नलागोस्-लोकल कुखुराको मासु, खाने-पिउने ब्यवस्था । साँझ ढल्किएपछि आँगनमा तीजको छुट्टै रौनक ।
sad girl
विगतका यी तीज ६५ वर्षकी देवीसरा कामीका लागि अब सम्झनामा सीमित भएका छन् । चार छोरीकी आमा उनी तीजको बेला आफूलाई निकै सम्पन्न ठान्थिन् । बिहेवारी गरेर आ-आफ्नो घर गएका उनीहरु माइत फर्किदा घर भरिभराउ हुन्थ्यो । ‘अब त छोरीचेलीलाई डाकौं भने पनि घर छैन, केको तीज मान्नु !’ वीरेन्द्रनगरस्थित जनउमाविमा आश्रय लिएर बसेकी उनले भनिन्, ‘बुढेसकालमा आएर यसपटकको तीजले पाप बोकायो ।’ खोर्केखोलको सवै घरजग्ग्ा बाढीले बगाएपछि विस्थापित भएर बस्नु परेको नागरिक दैनिकले खबर छापेको छ ।
दुईसाताअघिको बाढीले घरबारविहीन बनाएपछि देवीसराजस्ता थुप्रै महिलाको तीज खल्लो भएको छ । बुधवार विहान नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर उपशाखाले विस्थापित क्याम्पमा गएर दर खुवाउँदा उनीहरुले आफ्नो पीडा आँखामा रोक्न सकेनन् ।
खोलाको ढिकमै बस्नुपरे पनि खगीसरा शाही तीजका बेला दुई छोरीलाई एकसरो नयाँ कपडा फेरिदिन्थिन् । स्कुले दुई छोरी शान्ति र बसन्ती नयाँ कपडा पाउँदा निकै फुर्किन्थे । आफू पनि तीजमा माइती जान्थिन् । यसपटकको तीज भने उनको जीवनमा निकै पीडादायी भएको छ । बाढीपहिरोले सुर्खेतमा ३५ जनाको ज्यान लिएको छ भने ९४ जना बेपत्ता छन् ।अनलाईन खबरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete