स्वेताले रोएरै कटाइन् श्रीकृष्णको तेह्रौं तिथि
प्रज्ञा प्रतिष्ठानमा मैनको प्रतिमा बनाउने श्वेताको इच्छा
विजय आवाज
५ भदौ, काठमाडौं । श्वेताका आँखा अझै रसाउन छाडेका छैनन् । मन बारम्बार भक्कानिएको छ । उनलाई सम्हाल्न खोज्ने त धेरै छन्, तर पति श्रीकृष्ण श्रेष्ठको यादले मन थामिएको छैन । नथामिएको मन, भेल बन्छ, अनि बग्न थाल्छ ।
नायक श्रीकृृष्ण श्रेष्ठको निधनले भावविह्वल बनेकी नायिका स्वेता खड्काका आँखा १३ औं पुण्य तिथिको दिनसम्म आइपुग्दा पनि रोकिएको छैन ।
बिहीबार सोह्रखु्ट्टेमा श्रृकृष्णको परिवारले गरेको प्रसाद ग्रहणमा स्वेता खड्का श्रीका बारेमा सुन्नेवित्तिकै रुन थालिन् । छेउमै रहेकी ८२ वर्षीया आमा बरु स्वेता भन्दा केही सम्हालिएकी थिइन् । तर, स्वेतालाई सम्हाल्न गाह्रो भयो ।
छोराका बारेमा सहभागीहरुबाट थुप्रै कुरा सुनिसक्दा एकाएक आमाका आँखा पनि रसाए । त्यसपछि उनी पनि केही समय श्वेताजस्तै भक्कानिइन् ।
नीलो कुर्ता सुरुवालमा श्रीको श्रद्धाञ्जलीस्थलमा प्रवेश गरेकी स्वेताको रुवाइले उपस्थित चलचित्रकर्मी र अन्य शुभेच्छुकहरु पनि रोए ।
नीलो कुर्ता सुरुवालमा श्रीको श्रद्धाञ्जलीस्थलमा प्रवेश गरेकी स्वेताको रुवाइले उपस्थित चलचित्रकर्मी र अन्य शुभेच्छुकहरु पनि रोए ।
यस्तो देखियो स्वेताको अवस्था
सोह्रखुट्टेको एक पार्टी प्यालेसमा गरिएको प्रसाद ग्रहणमा चलचित्रकर्मी तथा पत्रकारहरु भेला भइसकेका थिए । श्रीकृष्ण श्रेष्ठको तस्वीरमा श्रद्धाञ्जली दिनका लागि व्यवस्था गरिएको थियो । ८२ बर्षकी आमा श्रद्धाञ्जली सभामा प्रवेश गर्दा धेरैका आँखा टोलाए । ०२४ साल पौष १४ गते जन्मिएको परिवारकै कान्छो छोराले छोडेर जाँदा यी बुढी आमाको मन कस्तो भयो होला ? जोसुकैले पनि अड्कल लगाउन सक्छ ।
आमा आएको केही समयमा नायिका स्वेता खड्का श्रद्धाञ्जली सभामा आइपुगिन् । उनका आँशु थामिएका थिएनन् । नायिका झरना थापा, करिश्मा मानन्धरले उनलाई सम्हाल्न कोशिश गरे । तर, स्वेताका आँखाबाट एकहोरो आशु झरिरहे ।
पीडाले भरिएको माहोल झनै भावुक बन्न पुग्यो । स्वेता एकहोरो रोइरहेकी थिइन् । श्रीलाई सम्झने चलचित्रकर्मीले उनका बारेमा थुप्रै कुरा भनिरहँदा स्वेता एकहोरो सुनिरहन्थिन् । उनका सिनेमा र व्यक्तित्वका कुरा आउँदा उनी फेरि भावविह्वल बन्थिन् । स्वेतालाई सम्हाल्नछेउमै रहेकी दिदीलाई गाह्रो परेको थियो ।
दाजु मीनकृष्णले श्रीकृष्णको अन्तिम अवस्थाका बारेमा बताउँदै गर्दा श्वेता निकै रोइन् । श्वेता रुँदा उपस्थित शुभेच्छुक, चलचित्रकर्मीका आँखा पनि रसाए । स्वेताले श्रद्धाञ्जली सभा सकिएपछि सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई नमस्कार गरिन् ।
श्रीकृष्णको तस्बीर अगाडि बसिरहँदा स्वेता कसैसँग बोल्न सकिरहेकी थिइन् । साँच्चै स्वेताको मन भाँचिएको थियो, टुक्रिएको थियो । तर, पनि लाखौं लाख दर्शकले देखाएको माया र स्नेहले उनमा सहन सक्ने क्षमता पक्कै पनि प्राप्त भएको हुनुपर्छ ।
श्रीकृष्णको मैनको प्रतिमा बनोस् भन्ने चाहना
एकहोरो श्रीकृष्णको यादले टोलाइरहेकी श्वेतालाई देखेर चलचित्रकर्मी सम्हालिएनन् । श्रीकृष्ठका दाजु मीनकृष्ण श्रेष्ठले श्वेताको चाहना खुलाउँदै भने-’श्रीले लामो समय बिताएको प्रज्ञा प्रतिष्ठानमा उसको मैनको प्रतिमा बनोस् भन्ने स्वेताको चाहना छ । सरकारले हामीलाई ठाउँ मात्र दिओस्, हामी सबै लगानी गरेर प्रतिमा बनाउनेछौं ।’
मन्त्री भन्छन्-’सल्लाह गरौं ।’
मन्त्री भन्छन्-’सल्लाह गरौं ।’
पति श्रीकृष्णको मैनको प्रतिमा बनोस् भन्ने नायिका स्वेता खड्काको चाहनालाई सञ्चारमन्त्री मिनेन्द्र रिजालले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
उनले सरकारसँगको छलफलमा यसको निर्णय गर्न सक्ने बताए । रिजालले भने-’श्रीजी यसका लागि हकदार हुनुहुन्छ । संस्कृति मन्त्रालयसँग छलफल गरेर यस विषयमा निर्णय गरौंला ।’
अक्षय कोषको घोषणा चाडै गरिने
१३ औं दिनको पुण्य तिथिमा नै श्रीकृष्णको नामको कोषको घोषणा गरिने तयारी परिवारले गरेको थियो ।
तर विविध कारणले हुन नसकेको जनाउँदै श्रीका भिनाजुले ४५ दिन भित्रमा यसको जानकारी दिने बताए । उनले श्रीकृष्णलाई सधै सम्भिmराख्न कोषको घोषणा गर्ने र त्यसलाई केही तवरले प्रयोग गर्ने जनाए ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।