सडकमा दूध पोखेर किसान आन्दोलनमा
कृषकलाई दैनिक ३० लाख घाटा
कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कुनै पनि बहानामा मिल्क होलिडे हुन नदिने आश्वासन दिएको केहि दिन बित्न नपाउँदै मिल्क होलिडेले मार्कामा परेको भन्दै इलामका कृषकले सडकमा दूध घोप्ट्याएका छन् ।
विभिन्न बहानामा अघोषित रुपमा मिल्क होलिडे गरिएको भन्दै उनीहरुले आइतबार सडकमा दूध पोखेर बिरोध जनाएका हुन् । आइतबार देखि नै कृषकहरुले आन्दोलनको घोषणा गरेका छन् । दुग्ध विकास संस्थालने किसानबाट लिँदै आएको दूध बिगत एक महिनादेखि अनियमित रुपमा खरिद गरेको र हप्तामा दुई–तीन दिन दूध बन्द हँुदै गएको किसानहरुको भनाई छ ।

दूध बिक्री नहुँदा इलामका किसानको दैनिक ३० लाख रुपैयाँभन्दा बढि घाटा भएको भन्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा इलाममा जुलुस र सभाको आयोजना समेत गरेका थिए । संघका जिल्ला अध्यक्ष हेम कट्टेलले भारतबाट दूध आयात गरि नेपालको बजार छताछुल्ल पारिएकाले समस्या सिर्जना भएको बताए । सचिव पर्शु घिमिरेले कहिले बन्द र कहिले खुल्ला गरिएको कारणबाट ऋणमा गाईपाइलन गरेका किसान मारमा परेकाले सडकमा दूध पोखेर बिरोध जनाएको जानकारी दिए । 
यता दुग्ध विकास संस्थान विराटनगरमा आइतबारदेखि इलाम जिल्लाबाट सङ्कलित दूध निकासी हुन थालेको बताएको छ । इन्धन अभाव र बन्दका कारण बिगत एक हप्ताबाट निकासी बन्द भएको दूध आइतबारबाट विराटनगर पठाइएको चिस्यान केन्द्र बिव्ल्याँटेका ओमकार खरेलले जानकारी दिए ।  संस्थानले पुर्वका इलाम, पाँचथर, धनकुटा र तेह«थुमबाट दूध सङ्कलन गरि विराटनगर लाने गरेको छ । इलामका दश चिस्यान केन्द्र, पाँचथर, धनकुटा र तेह«थुमका एक एक चिस्यान मार्फत दूध दैनिक सङ्कलन गरि निकासी गर्ने गरिएको थियो । इलाममा दैनिक एक लाख लिटर दूध उत्पादन हँुदै आएकोमा करिब ४० हजार लिटर दैनिक दुग्ध विकास संस्थानले विभिन्न सहकारी संस्थाबाट खरिद गरि विराटनगर निकासी गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment