डेढ महिनामै बलात्कारका पाँच घटना दर्ता

 इलाममा बितेको डेढ महिनामा बलत्कारका पाँचवटा घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय दिएको जानकारी अनुसार, चालु आर्थिक बर्ष ०७२÷०७३ को साउन महिनादेखि हालसम्म ३ बालिका र २ जना महिला बलात्कृत भएका हुन् । जसमा एक जना सुस्त मनस्थीति भएकी महिलालाई बलात्कार गर्ने व्यक्ति फरार छन् । प्रहरीका अनुसार, ९ देखि ४२ वर्ष उमेर समूहका बालिका तथा महिला बलात्कृत भएका हुन् । बलात्कार अभियोगमा पशुपतिनगर ४ का ४२ बर्षीय फुर्वा योल्मु, बरवोट ३  का ३५ बर्षीय बिरेन्द्र लिम्बु, सोयाङ ३ का २२ बर्षीय गणेशमान मुखिया, जिर्मले ८ का बिरबहादुर तामाङ र एकतप्पा ९ का १९ बर्षीय युवराज लिम्बुलाई प्रहरीले पक्राउ गरी कार्वाही अघि बढाइएको छ । 
गत आब ०७१÷०७२ भरीमा जबरजस्ती करणीका १७, जबरजस्ति करणी उद्योगका ५ गरि २२ वटा घटना प्रहरीमा दर्ता भएका थिए । अघिल्लो आब ०७०÷०७१ मा जबरजस्ती करणीका २० र जवरजस्ती करणी उद्योगका ५ वटा गरी जम्मा २५ वटा घटना दर्ता भएको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी नायब निरीक्षक कृष्णकुमारी अधिकारीले जानकारी दिइन् ।
पछिल्लो समय महिला तथा बालबालिका माथि हुने हिंसा तथा बलात्कारका घटनाहरु चाँडो बाहिर आउने गरेपनि समाजमा भएको नकारात्मक कृयाकपालपलाई भने अmझै रोक्न नसकिएको उनले बताइन् । अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा १६ बर्षभन्दा मुनिका बालबालिका बढी जोखिममा पर्ने गरेकोसमेत अधिकारीले बताइन् । 
बिशेष गरि बालबालिकालाई ललाई फकाई गरि बलात्कारको बिकारमा पार्ने गरेको भन्दै महिला अधिकारकर्मी बिष्णु दहालले चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘पहिलापहिला बलात्कारका घटना भयो भनेर सुनिथ्यो मात्र तर अहिले आफ्नै जिल्लामा बढेको सुन्दा आफैँलाई धिक्कार लागेर आउँछ ।’ 
यस्तै मानव अधिकारका लागि महिला एकल महिला समुह इलामकी अध्यक्ष दिपा आर्चायले बलात्कारका घटनाको स्वरुप फेरिन थालेको भन्दै यसको न्युनीकरणका उपायहरु खोजिनुपर्ने बताइन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment