बन्द गराउने लिम्बुवानका कार्यकर्ता लखेटिए

धरानः लिम्बुवानविनाको संविधान जारी गर्न लागिएको भन्दै अरुण पूर्वका नौ जिल्ला अनिश्चित कालीन बन्द आयोजना गरी धरानमा बजार बन्द गराउँदै हिँडेका लिम्बुवान संयुक्त सर्घष समितिका कार्यकर्तालाई स्थानीयबासिन्दाले लखेटेका छन् ।
आइतबार धरान–१७ स्थित रेल्वे चोकमा जबरजस्ती बजार बन्द गराउँदै हिँडेका १२ जना बढी  लिम्बुवान कार्यकर्ताहरुलाई स्थानीयबासिन्दाले लाठो लगाएर लखेटेका हुन् ।
बन्दको प्रतिकार गर्दै रेल्वे चोकमा बजार खुल्ला गरेपछि लिमबुवानका कार्यकर्ताहरु मोटरसाइकलमा चढेर रेल्वे बजार बन्द गराउन पुगेका थिए ।
लिमबुवान कार्यकर्ताहरुले बजार बन्द गराउन थालेपछि आक्रोशित स्थानीय बासिन्दाले बन्दकर्तामाथि लाठी बर्साएका थिए ।
स्थानीयबासिन्दाको कुटपिटबाट एकजना लिम्बुवानका कार्यकर्ता घाईते भएका छन् । घाइते हुनेहरुमा धरान १६ बस्ने लिम्बुवानका कार्यकर्ता कुमार दर्नाल घाइते भएका छन् ।
बजार बन्द गराउँदै हिडेका लिम्बुवानका कार्यकर्ताहरुलाई डेढ सयको संख्यामा रहेका स्थानीयबासिन्दाले कुटपिट गरी लखेटेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
स्थानियबासिन्दाले बन्दकर्ताहरुलाई कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले बन्दकर्ताका सुरक्षा गरेको डिएसपी सुदमकुमार सिजापतीले बताए ।
उनले स्थानीयवासिन्दाको आक्रमणमा घाइते भएका दर्नालको उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको बताएका छन् ।
किरात याक्थुम चुम्लुङका केन्द्रिय अध्यक्ष उत्तमसिंह थाम्देनले आफ्ना कार्यकर्तामाथि गरिएको आक्रमणको भत्र्सना गरेका छन् ।   अन्नपर्णबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment