बहराइन विरुद्ध नेपालको अग्रता पहिलो हाप समाप्त

बंगलादेशमा जारी बगबन्धु गोल्डकपको फाइनल खेलमा बहराइनको यु-२३ टोली  विरुद्ध नेपालले एक गोलको अग्रता लिएको छ । खेलको पाँचौं मिनेटमै बिमल घर्तीमगरले नेपाललाई अग्रता दिलाएका हुन् ।
सुरुवातमै आक्रामक बनेको नेपालका लागि कप्तान बिराज महर्जनले दिएको क्रसमा अन्जन बिष्टले हेड गरेका थिए । बहराइनका गोलकिपरले बल क्लीयर गर्ने क्रममा बिमलले कुनै मौका नै दिएनन् र बललाई जाली चुमाए ।
१७ बर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाल २३ बर्षसम्मको अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्ने प्रयासमा छ ।
यसअघि सन् १९९३ मा साफ गेममा उपाधि जिते यता नेपालले अन्तर्राष्ट्रय फुटबलमा उपाधि जितेको छैन ।
सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि ४(१ को सानदार जीत निकाल्दै उपाधि नजिक पुगेको हो । बहराइनले सेमिफाइनलमा बंगलादेशलाइ १(० ले हराएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment