ट्याक्टरका ‘हुफर’ उठाउँदै ट्राफिक
इलाम, ११ माघः सवारी साधनहरुबाट राजस्व बढि संकलन गर्नु मात्र दुर्घटना न्युनिकरणको आधार नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्ला ट्राफिक कार्यालय इलामले शनिबार जिल्लाका सञ्चारकर्मी, यातायात ब्यवसायी तथा मजदुर संघ संगठनहरुसँग गरिएको अन्तरक्रियाका सहभागीहरुले ट्राफिक नियम पालना गराउन नसकेका कारण बढि राजस्व उठेको बताएका थिए । राजस्व बढि उठाउने कार्यमा ट्राफिक लाग्न नहुने धारणा पनि सहभागीहरुको थियो ।
मुस्कान सहित ट्राफिक प्रहरी सेवामा लाग्ने र ट्राफिक नियमबारे जानकारी गराउन सके दुर्घटनामा कमी आउने सहभागीको जोड थियो । कार्यक्रममा जिल्ला ट्रफिक कार्यालय इलामका प्रमुख पदमबहादुर राईले हाल सम्म गरेका काम र आगामी दिनमा सवारी दुर्घटनामा कमी आउने खालका कार्यक्रमलाई निरन्तरता दिने भावी योजनाका बारेमा जानकारी गराएका थिए ।
ट्राफिक प्रमुख राईका अनुसार जिल्लामा सञ्चालन हुने त्रिचालिस वटा ट्याक्टरबाट ठुलो आवाजमा गीत बजाउने ‘हुफर’ बरामत गरिएको छ । ठुलो आवाजमा गीत बजाउँदा चालकको ध्यान सडकमा भन्दा पनि सङ्गितमा हुने र सवारी दुर्घटना बढ्ने बताइएको छ । हुफर राखेर ट्याक्टर चलाउनु ट्राफिक नियम विपरित भएको पनि जनाइएको छ । यस्ता कार्यक्रम अभियानकै रुपमा अगाडी वढाइने पनि प्रमुख राइले बताए ।
ट्राफिक नियम पालना गराउने विषयमा धेरै कार्यक्रम गरिएको जानकारी गराउँदै राइले जिल्लाका विभिन्न क्षेत्रमा अन्तरक्रिया, प्रशिक्षण तथा जनचेतना मुलक कार्यक्रम गर्दै आइएको बताए ।
यस आवको साउन महिनामा जिल्लामा चारवटा दुर्घटनामा चारै जना घाइते भएको, भदौमा केहि नभएको, असोज महिनामा दुई दुर्घटना, दुई घाइते, मंसिरमा १३ वटा दुर्घटना पाँचको मृत्यू, पुषमा सात दुर्घटना, तीन घाइते भएको तथ्यांक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
जिल्लाका अधिकांश सडक साँगुरा भएको, घुम्ति सडक भएको, बजार क्षेत्रमा पार्किङ समस्या, हुस्सु र कुहिरोका कारण पनि दुर्घटना बढ्ने गरेको ट्राफिक प्रहरीको भनाई छ ।
जिल्लाको मेची राजमार्गको किटेनीदेखी राँके सम्म ९३ किमी, नेपालटार–मंगलबारे १२ किमी, फिक्कल–पशुपतीनगर ११ र फिक्कल–श्रीअन्तु ९ किमी पक्की सडक र अन्य स्थानमा कच्ची सडक सञ्चालनमा छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रुद्र चुँडाल, पत्रकार महासंघ इलामका अध्यक्ष रोहितचन्द्र भट्टराई, पुर्वेली जिप तथा ट्याक्सी ब्यवसायी संघका महासचिव दुर्गा श्रेष्ठ (मदन) ट्याक्टर ब्यवसायी संघ इलामका टीका तामाङ लगायतले आ–आफ्नो धारणा राख्दै अझ बढि यात्रुका सेवामा लाग्न ट्राफिक प्रहरीलाई आग्रह गरेका थिए ।

0 comments:
Post a Comment