इलाम, ८ माघः आर्थिक वर्ष २०७/३०७४ का लागि योजना तयार गर्नका लागि इलाममा इलाकास्तरीय योजना तर्जुमा गोष्ठी शुरु भएको छ । हिजो सूर्योदय नगरपालिका, श्रीअन्तु, समाल्बुङ्ग, पशुपतिनगर गाविसका योजना छनोट गर्नका लागि इलाका नम्बर–३ को इलाकास्तरीय योजना तर्जुमा गोष्ठी श्रीअन्तुमा गाविसमा सोमवार सम्पन्न भएको छ । इलाका गोष्ठीबाट भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य तथा सामाजिक, वन तथा वातावरण, कृषि तथा पशु विकासका योजना छनोट भएको छ । जिविसका लेखा अधिकृत यादव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराई, श्रीअन्तु र समाल्बुङ्ग गाविसका सचिव चुँडामणी बराल र समाल्बुङ्ग गाविसकी इन्दिरा लामाले गाविस परिषदबाट छनोट भएका योजना प्रस्तुत गरेका थिए ।
त्यस्तै इलामको नामसालिङ्ग र सोयाङमा पनि इलाकास्तरीय योजना तर्जुमा गोष्ठी हिजो नै सम्पन्न भएको छ । गोष्ठीले विकास पूर्वाधारतर्फ ४८, स्वास्थ्य तथा सामाजिकमा १७, कृषिका १५ र वन तथा वातावरणतर्फ १६ योजना छनौट गरेको । सो कार्यक्रममा नेपाली कांग्रेसका गोविन्द पौडेल, एमालेका उमेश गुरुङ्ग, एमाओवादीका दामोदर भट्टराई, राप्रपा नेपालका हरि डिसी, राप्रपाका धनबहादुर थापामगर, मंगोल नेशनल अर्गनाइजेशनका मणि पापो, नेकपा माओवादीका रुद्र साम्पाङ्ग, लगायतले बोलेका थिए ।
प्रदिप चापागाईको अध्यक्षतामा सोयाङमा सम्पन्न इलाका गोष्ठीबाट इलाम नगरपालिका, सोयाङ र बरबोटे गाविसका योजना छनोट गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका भक्त केसी, एनेकपा माओवादीका धिरेन शर्मा, राप्रपाका सोमनाथ बास्तोला, एनसिडिसीका याम अधिकारी, दलित जिल्ला समन्वय समितिका जीवन नेपाली, महिलाको प्रतिनिधित्व गर्दै उषादेवी घिमिरे, उद्योग वाणिज्य संघका इश्वर चिपालु, पत्रकार महासंघका सचिव बुद्धवीर राईले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । ११ इलाका रहेको इलामको बाँकी इलाकामा आउँदो ६ गते र ८ गते योजना छनोटका लागि इलाका गोष्ठी सम्पन्न गरिने जिविस इलामका जगत कोइरालाले जानकारी दिए । नामसालिङमा जिविसका योजना अधिकृत छवि खतिवडाको अध्यक्षतामा भएको इलाका गोष्ठीबाट प्याङ, नयाँबजार, नामसालिङ, जोगमाई र गोर्खे गाविसको योजना छनोट भएको छ ।

0 comments:
Post a Comment