रंगेलीमा हिंसात्मक झडपमा, मृत्यु हुनेको संख्या तीन पुुग्यो

मोरङ ७ माघ, केही दिनदेखि तनावगूस्त मोरङको रंगेलीमा बिहीबार हिंसात्मक झडप भएको छ । झडपमा परी दुई महिनासहित तीन जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।
एमालेसम्वद्ध युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपछि रंगेलीमा तनाव सुरु भएको थियो । मधेसी मोर्चाले रंगेली क्षेत्रमा बन्द आहृवान गर्दै लगातार प्रदर्शन गरेपछि रंगेली तनावग्रस्त भएको थियो ।
बिहीबार कार्यक्रममा प्रधानमन्त्री त गएनन् । तर, एमाले महासचिव ईश्वर पोखरेल उपस्थित भएको कार्यक्रम पनि मोर्चाले विथोल्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई महिलाको मृत्यु भएको छ । रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ५८ वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ । उनी रंगेली ४ की हुन् । उनको शव प्रहरीले कोशी अञ्चल अस्पतालमा पुर्‍याएको छ ।
डाइनियामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १८ वर्षकी चिबु माझीको मृत्यु भएको छ । यस्तै महादेव ऋषिदेवको पनि गोली लागेर मृत्यु भएको छ ।
खुकुरी प्रहारबाट ५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गोल्डेन अस्पताल पुर्‍याइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment