इलाम, १३ माघः सनराइज बैंक लिमिटेडले १ सय कित्ता शेयर बराबर १५ नयाँ कित्ता शेयर (१००ः१५) हकप्रद शेयर निष्काशन गरेको छ । आजदेखि निष्काशन गरिएकोे हकप्रद शेयर फागुन २६ गते बन्द हुनेछ । प्रति शेयर १ सय रुपैयाँ अङ्कित मूल्य रहेको बैङ्कले ३६ लाख ९० हजार ४ सय ७३ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हाल २ अर्ब ४६ करोड ३ लाख १५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैङ्कको हकप्रद शेयर बाँडफाँटपछि चुक्ता पूँजी २ अर्ब ८२ करोड ९३ लाख ६२ हजार ३ सय रुपैयाँ पुग्नेछ ।
गत पुस २६ गतेसम्म बैंकको शेयर खरिद गरी नामसारी भएका शेयरधनीले आवेदन दिन पाउने बैंकले जनाएको छ । बैंकले सेयर बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटललाई रहेको छ भने ईच्छुक लगानीकर्ताले सनराइज बैंकको सबै शाखा तथा सिभिल क्यापिटबाट आवेदन दिन सक्नेछन् ।
हाल बैङ्कको निक्षेप ३५ अर्ब ५३ करोड रुपैयाँ तथा कर्जा लगानी र २९ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैङ्कले हाल ५३ शाखा तथा ६४ एटीएममार्फत बैङ्किङ सेवा दिइरहेको छ ।

0 comments:
Post a Comment