टीका खतिवडा
इलाम माघ: नयाँनयाँ काम गरेर अरुभन्दा पृथक पहिचान बनाउन जो कोहिलाई मन पर्छ । कसैले खोज अनुसन्धान गरेर पहिचान वनाएका छन् त कसैले जोखिमयुक्त काम गरेर । सामान्य काम गरेर पनि अरुभन्दा फरक भइन्छ, भन्ने हामीलाई नलाग्न सक्छ । तर एक ब्यक्तिले पैसा बोकेरै सामान्य मान्छे भन्दा अलग पहिचान वनाएका छन् । हामी जो कोहिले पैसा प्राय बोकेकै हुन्छौँ तर हामी फरक वन्न सकेनौ । कास्की जिल्ला हेम्जा नगरपालिकाका रामबहादु दमाई पैसा बोकेरै सामान्य मान्छे भन्दा फरक छन् कि उनको पैसा बोक्ने शैली फरक छ । हामी भरीसके पैसा लुकाएर बोक्छौँ उनी देखाएर । ताकि उनले सिक्का (ढक्की) पैसा जिउभरी टालेका छन् र विश्व भ्रमणमा निस्किएका छन् । उनलाई हाल राम वहादुर भन्दा पनि ‘सिक्का वावा’ भनेर धेरैले चिन्छन् । बिश्व शान्तिको कामना सहित देशका पचहत्तर वटै जिल्ला पुगेको वताउने उनी हाल इलाम आइपुगेका छन् । तीन वर्ष अघि पनि इलाम आएर फिरेका उनी पुन इलाम आएको वताउँछन् । उनको शरिरमा एक सय असी देशका सिक्का छन् । उनी अव तत्कालै बिश्व भ्रमणमा जाने वताउँछन् । ‘बिश्वका सवै देशमा पुगेर मात्र मर्ने धोको छ’ उनले भने ‘अव चाँडै नेपाल छाड्ने छु ।’
उनले जिन्सको ज्याकेट तथा पाइन्टमा सिक्का टालेका छन् । सिक्का बाबाले बाहिरबाट लगाएको कपडा पनि आफु बाहेक कसैसँग नभएको दावी गरे र भने–‘यो कपडा २१ पिस छ, म बाहेक कसैसँग पनि छैन ।’ बाहिरबाट लगाएको कपडा र सिक्का गरेर १५ किलो रहेको उनको भनाई छ ।
देश भक्ति भावना बोकेर हिँडेका उनी देशमा दिगो शान्ति र न्यायको पक्षमा लागि परेको वताउँछन् । आफ्नो कुरा सरकारले नसुनेको वताउने उनी सरकारी क्षेत्रबाट नै नागरिक पिडित हुने गरेको दावि पनि गर्छन् ।
उनी जती जिल्ला तथा ठाउँमा पुग्छन् सवै स्थानमा नेपाल प्रहरीले नै खाने र वस्ने ब्यवस्था गरिदिएको वताउँछन् । परिवार कोहि नभएको वताउने उनी लामो समय अघि देखि नै यसरी हिँडेको वताउँछन् । प्रहरी नभएको स्थानमा पनि अन्य नागरिकहरुले नै खाने र वस्ने ब्यवस्था गरिदिने उनको भनाई छ । ‘कसैकसैले त थप पैसा पनि दिएर पठाउँछन् ।’ उनले भने । उनी एक्लै हिँडेका छैनन् साथमा काठमाण्डौ निवासी कुलबहादुर खत्रि पनि सँगै साथ दिएर हिडेका छन् । ४८ वर्षिय दमाई आफ्नो निर्णय पुरा गरेरै छाड्ने दृढ विश्वासका साथ लागि परेकाले आफुले साथ दिएको खत्रिले वताए ।
दमाई आफुले जिउमा टालेको सिक्का बिश्व भ्रमण पछि इलामलाई दिन चाहान्छन् । इलामको कुनै संग्राहालयले सरकारसँग कुरा गरेर सिक्का मागे दिने वताउँछन् । उनले भने–‘इलाम यौटा पर्यटकिय जिल्ला हो, यहाँ धेरै पर्यटक आउँछन्, मेरो जिउको सिक्का यहिँ छाड्न सक्छु तर सरकारसँग काुरा गर्नुपर्छ ।’
उनको एउटा सर्त समेत रहेछ, जिवनको यो क्षणमा आउँदा भेला पारेका सिक्का कुनै संग्राहालयलाई दिँदा सोहि संग्राहालयले खाने र वस्ने ब्यवस्था गरिदिनु पर्ने । ता कि उनले भने ‘वाँचुन्जेल पाल्ने र मरे पछि फाल्ने काम चाहिँ गर्नु पर्छ ।’
0 comments:
Post a Comment