पाकिस्तानको विश्वविद्यालयमा बन्दुकधारीको आक्रमण, १९ मारिए

एजेन्सी ७ माघः  पाकिस्तानको उत्तरपश्चिमी पख्तुन्ख्वा प्रान्तस्थित चारसद्दा शहरमा रहेको एक विश्वविद्यालयमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । बादशाह खान विश्वविद्यालयमा भएको आक्रमणमा ५० जना घाइते भएका छन् ।
बन्दुकधारीले लगातार ३ घण्टासम्म आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । अहिले गोलाबारीको आवाज बन्द भएपछि सुरक्षाकर्मीले विश्वविद्यालयभित्र खोजीकार्य जार्री राखेका छन् ।
सुरक्षाअधिकारीका अनुसार आक्रमणमा संलग्न ४ जना पनि मारिएका छन् । आक्रमणकारीको संख्या अझै बढी रहेको आशंकामा खोजी भइरहेको छ ।
स्थानीय समयअनुसार विहान साढे ९ बजे विश्वविद्यालय परिसरमा छिरेका आक्रमणकारीले बम बिस्फोट तथा गोलाबारी गरेका थिए । सो क्रममा विश्वविद्यालय सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसंग केहीबेर भीडन्त समेत भएको थियो ।
अहिले सो विश्वविद्यालय खाली गराईएको छ भने विश्वविद्यालय पूर्ण रुपमा सैनिकको नियन्त्रणमा आईसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment