पढेलेखेका युवा काम दे भन्दै सडकमा, सवैको अधिकार , युवालाई रोजगार, यसका लागि औधोगीक करण हो आधार

  भन्ने मुल बिषयलाइ आत्मसाथ बिगत केही बर्ष देखी संस्थागत र संगठित  रुपमा दल धर्म जात क्षेत्र लिंग भन्दा माथी उठेर योग्यता सिप क्षमता र सटिर्फिकेट बोकेका युवा सोच भएका सबै खालका व्याक्ती व्याक्तीत्व र नेपालका उधोगी व्यवसायी पुजींपती हरुको समुहको बिभिन्न कोणको बौदीक बहस बाट जन्माइएको छ  रोजगारी र समृदीका लागी आर्थिक क्रान्तिको अभियान ।
            यो अभियानले हिजो जंगबाहादुर को आवाजबाट निक्लेको  आर्थिक क्रान्तिको शब्दलाइ व्यबारत कार्यन्वयन गर्न र गराउन राज्यले पनि बौदीक भनेका र आफुले आफैंलाइ बाद्घीक मान्ने त्यो तप्का एक चोटी समयले दिएको जिम्मेवारीलाइ बहन गर्न आफ्ना लागि आफैं र राष्ट्र र माटोका लागि एक जुट र संगठित भएर कार्यन्वनका लागि दबाब समुह वा योजनकार समुहका रुपमा उठ्नु पर्छ भन्ने निष्कर्ष सहित कृतिपुर र त्रिभुवन युनिर्भसिटिलाइ आधार केन्द्र बनाइ विगत केहि महिना देखी  हजारौंको संख्यामा बौद्घीक जमघट गरी संगठीत रुपमा हाल देखीएका सबै समस्या को मुल जरो बेरोजगारी हो । बेरोजगारी  समस्या समाधान नै सवै समस्याको समाधान हो किनकी नेपालमा यदि बर्ग छ भने त्यो एक मात्र बर्ग छ बेरोजगार बर्ग यसको व्यवस्थापन नेपालमै सम्भब छ भन्ने निष्कर्ष सहित राज्यलाइ दबाब दिने बिभिन्न रचनात्मक कार्यक्रम सहित अघि बढेको छ ।
           नेपाल र नेपाली प्राकृतिक रुपमा जती धनी छन सांस्कृतीक र सामाजीक रुपमा त्यतीनै धनी हुँदा हुँदै पनि हाम्रो माटोलाइ र हामी नेपालीलाइ नियत बस वा नजानेर हो कहिले राणाका नाममा कहिले राजाका नाममा कहिले पंचायतका नाममा कहिले प्रजातन्त्रका नाममा कहिले गणतन्त्रका नाममा र कहिले लोकतन्त्रका नाममा देश र यो देशका जनतालाइ दिनानु दीन कंगाल बनाउँदै यो देश र यहाँका जनतालाइ बेच्ने र यो देश लाइ नै असफल राष्ट्र बनाउने खेल खेलिएको छ र आज पनि  राजनितिका नाममा सत्ता भत्ता जथ्थाको रियलसल  भइरहेको छ  ।
             नेपाल स्रोत साधनको हिसाबले विश्वकै प्रमुख दशमा पर्छ । भर्खरै विश्वले नेपाललाइ पर्यटनको लागि पहिलो गन्तव्यको रुपमा घोषणा गर्यो । सगरमाथाको पानीलाइ मात्र राज्य दवारा व्यवस्थीत गरी विश्वबजारमा बेच्ने हो भने हामी कोही पनि नेपाली खाडीमुलक वा अमेरीकन वा युरोपीयन मुलुकमा थ्री डी काम गर्न एकाइसौं शताब्दीका दास बनेर बेचीनु पर्ने थिएन । यस्ता हजारौं स्रोत हरु जस्तै पानी, खनीज,जंगल,जडिबुटि,हावापानी, बुद्घ,सगरमाथा, धर्म संस्कृती आदी आदी जो विश्वाक लागी दैनीक जीवनमा आवश्यक र खोजीका बिषय हरु हामी सित हुँदा हुँदै  पनि हामी विश्व मा माग्ने अनि दोस्रो दर्जाको नागरीक बन्ने, अर्काको देशमा भेडा बाख्रा सरी मोलमोलाइमा बेचीनु पर्ने जहाँ लगभग २५ बर्ष अघि नेपालले चामाल दाल जस्ता खाध्यान्न सामाग्री निर्यात गथ्र्यो त्यो देश दक्षीण कोरीयामा २ महिना उसको भाषा टुटे फुटे सिकाएर छानी छानी शारीरीक र बौदीक रुपमा सबल र सक्षम युवालाइ लेवर बनाइ मासीक १लाख ५० हजार तनाखामा काम लाउन सक्ने त्यसै गरी त्यै मलेशियाले ३ बर्षे सम्झोैता गरेर नेपाली लाइ छानी छानी काम लाउन मिल्ने जो त्याहाँको भाषा, कल्चर, भुगोल, धर्म केही पनि थाहा हुँदैन तर हामी नेपाली नेपाल भित्रै जन्मीयौ हुर्कीयौ राज्यले निर्माण गरेको  शिक्षा  घर खेत र बाबुआमाको पसीना रगत बेचेर २० बर्ष लगाएर हाँसील गर्योैं तर त्यो ब्याचलर, डिग्री, एमफील,डा.का सटिफिकेटहरु कोरीयन र हिब्रु भाषाका बेषिक कोर्ष बन्न थाले र हामी आफ्नो  देशका कर्णधार बन्नु पर्ने ठाँउमा अरु कसेैका कर्णधार बन्न बाध्य बनाइयो । बिभिन्न खाले बाहानमा भइराखेका ७७ प्रतिशत उधोग पनि आज बन्द छन । आज पनि नेपालमा ७१ प्रतिशत जनसंख्या कृषिामा आधारीत छ । वा नेपालको प्रमुख अर्थतन्त्रको स्रोत कृषि हो । तर बिडम्वना विरगंजमा भएको एक मात्र कृषि औजार केन्द्र पनि बन्द छ । कृषिलाइ चाहिने राशायनीक मल वा कम्पोष्ट मलका उध्योग हरु खोल्ने त राज्यको ध्यानै छैन जो एउटा सार्वभौम राष्ट्रका लागी सामान्य कुरा हो । किनकी नेपाल भन्दा पछि जन्मेका मुलुकहरु या केहि बर्ष अगाडी मात्र नेपाल भन्दा कयौं गुणा गरीव राष्ट्रहरु अन्तरीक्षमा मानव बस्ती बसाउन शुरसार गरीसके । हामी यती धेरै सबै ठाँउ बाट धनी हुँदा हुँदै पनि दुइ छाक पेट भरी खाएर खुशीसाथ परीवार सँग बस्न नस्कने बनाइयो । नेपालमा आजपनि १ करोड ९२ लाख ५६ हजार बेरोजगारहरुलाइ रोजगार दिन सकिन्छ तर नेपालको बेरोजगार संख्या १ करोड १७ लाख मात्र छ जो आधाजती बिदेशमा छन उनीहरु नेपाल फर्कदा बेरोजगार हुन्छन  र आधा आज नेपालमेै बेरोजगार बनी पिल्सीएका छन । हाल बन्द गरीएका ७७ प्रतिशत  उधोग मात्र खोल्ने हो भने ६ महिना भित्र  २५ लाख १० हजार बेरोजगारहरुले रोजगार पाउने छन । जस्तेै उदाहरण स्वरुप हेटौंडा कपडा उधोग ,चोभार सिमेन्ट उधोग, धागो कारखाना बुटवल , कृषि औजार केन्द्र विरगन्ज , नेपाल औषधि लि.काठमाडौ, भृकुटि कागज उधोग नवलपरासी आदी आदी उधोग हरु । त्यसैगरी योग्यता क्षमता सीप र सटिफिकेट लाइ पुँजीको रुपमा स्वीकारी ऋणको व्यवस्था गरी स्वरोजगार बन्ने व्यवस्था गरे मात्र देश र नेपाली समृद्घ हुन बेर लाग्दैन भन्ने कुरामा रोजगारी र समृद्दीका लागी आर्थिक क्रान्ति को अभियानका अभियान्ता दाबि गर्दछन । त्यसै गरी लगानीकर्ता पुँजीपती  र व्यवसायीहरुको २० औं बर्ष देखिको माग पनि पहिलो नेपाली माटो सुँहाउदो अर्थनिति र राज्य दवारा लगानीको सुरक्षा भए सवै बेरोजगारलाइ उपयुक्त रोजगार दिन  सकिन्छ भन्ने निर्णय छ । यसै बिचमा सरकार र दलहरु यी माथीका सत्य तथ्य  लाइ कुल्ची बिभिन्न नाममा बेचीने  र बिक्ने  काम भइरहँदा  अव नेपाली जनता बाटै अझ भनु भने जनता भित्र पनि बौद्धिक क्षेत्र बाट कसैलाइ  सत्तामा स्थापीत वा विस्थापीत गर्ने राजनिती खेल वा जनतालइ विभाजीत गर्नै दलीय राजनिती खेलमा  नलागी सामाजीक रुपमा सामाजीक वा बौद्धिक आन्दोलन मार्फत  नेपालमा  आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि अर्थराजनिति प्राप्तिका लागि  रचनात्मक ढंगको जसले बाटो बन्द नगरोस बरु बन्द बाटो खुलाओस , जसले उधोग बन्द नगरोस बरु बन्द उधोग खुलाओस, गाडीहरुमा तोडफोड ,ढुँगा मुडा ,आगजानी नहोस बरु त्यस्तो दुसाहास गर्ने लाइ तह लगाओस, कसैलाइ भत्काएर होइन बनाएर बराबर हुने चेष्टा गरोस जसकालागि श्रम र पँुजीको समायोजन हुनुपर्छ । जो पलाएन पुँजी र पलाएन श्रमको  नेपाल भित्रै फ्युजन गरी आर्थिक क्रान्तिको बाटो निमार्ण गर्नुपर्छ । तब मात्र औधोगीकरण हुन्छ औधोगीकरण सँगै रोजगार सिर्जना हुन्छ रोजगार सँगै समृद्धी हुन्छ समृद्धी सँगै राष्ट्रियता हुन्छ राष्ट्रियाता सँगै स्वाभिमान हुन्छ । नभए भोको पेटको राष्ट्रियता र दरीद्र सोचको शिक्षाले स्वभिमान दिर्घकालीन बन्न सक्देैन । यीनै तथ्य र सत्यहरुलाइ हातमा र गाथमा राखेर रेडीमेड बौदीक बर्ग वा किनीएका बौदीक वर्ग होइन ग्राउन्ड बाट नै पिल्सिएका उत्पीडीत बौदीक बर्ग र व्यवसायी उधोगी बर्ग आफ्नो मुक्तीकालागि संगठीत रुपमा रचनात्माक ढंगले दुइवटा शक्तिशाली हतियार  पहिलो योग्यता सीप क्षमता र सटिफिकेट  दोस्रो एकीकृत आवाज लिएर एकातिर सडक सडकमा हाम्रो योग्यता क्षमता सीप सटिफिकेट अनुसारको कामदे काम चाहियो भन्दै बेरोजगारहरु र अर्कातिर हाम्रो लगानीको सुरक्षा र माटो सुहाँउदो अर्थनीति भए हामी सबै खालका बेरोजगारलाइ उपयुक्त काम दिन्छौं वा स्वरोजगार बनाउन सकिन्छ भन्दै  व्यवसायी उधोगी लगानी कर्ता पुँजिपतिहरु आवाज दवारा ३ करोड नेपाली को आवज बुलन्द गर्दै सबै जिल्ला, अन्चल क्षेत्र र प्रदेशमा र कलेज कलेज मा संगठन निर्माण प्रक्रियालाइ तिब्रता दिदँै छन । उनीहरुका यी आवाज हरुलाइ राज्यले बेवास्था गरे अरु विभिन्न खाले रचनात्मक संघर्ष गर्दै बैशाख को अन्तिम सम्ममा ५० औं को संख्यामा भोक हड्ताल बस्ने तयारीमा लागेका छन । किनकी उनीहरु दाबी गर्छन यदी बम्बइमा बेचिएकी नेपाली नारी कतारमा बेचिएको युवा दास सदाका लागि नेपालमै बस्ने बाताबरण मिल्छ भने आज सम्म आधा पेटमाबाँचेका हामी केही दिन पुरै भोकै बस्न तयार छौ भन्दै दैनीक विभिन्न कार्यक्रममा जुटेका छन । हामीलाइ कुनै स्ववियु सभापती, सांसद, मन्त्रि, प्रधानमन्त्रि वा राष्ट्रपति चाहिएको छैन मात्र रोजगार स्वरोजगार र श्रम र पुँजीको समायोजन भित्र औधोगीकरण सहित राज्यको संरक्षणमा नेपाल भित्रै बाँच्ने र रमाउने आधार चाहीएको छ । रोजगारी र समृदीका लागि आर्थिक क्रान्तिका अभियान्ताहरु को बुझाइमा जहाँ राजनीति अराजनिति तिर धकेलीन्छ त्यहाँ सामाजीक वा बौदीक आन्दोलन मार्फत आमुल परीवर्तन भइ देश बचाउन र राष्ट्र निमार्ण गर्न सम्भब भएको छ । यो बौदीक बहस र बौदीक संगठन र समग्र राज्यकै विषयलाइ सरकार र तत तत निकायदवारा सम्बोधन गरीयोस नभए यो बौदीक बहस बौदीक संर्घष र आन्दोलनको रुपमा रुपान्तरण हुन नपाओस हामी सवै पीडीत ३ करोड नेपाली को कामना ।।
                                                         २०७२÷१२÷९ मंगलबार
                                                    केन्द्रीय अभियान्ता
                                                              भुवन संगम
                                          रोजगारी र समृदीका लागि आर्थिक क्रान्तिको अभियान

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment