इलामको बजेट २ अर्ब ८१ करोड

इलाम २८ फागुनः जिल्ला विकास समिति इलामको शुक्रबार सम्पन्न २२आँै जिल्ला परिषदले आगामी आर्थिक बर्षमा २ अर्ब ८१ करोड ८५ हजार खर्च गर्ने योजना सार्वजनिक गरेको छ ।
कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिँदै तयार पारेको बजेटमा आर्थीक बर्ष २०७३÷७४ मा चालु खर्च १ अर्ब ६२ करोड ५५ लाख र पुँजीगत खर्च तर्फ १ अर्ब १८ करोड ९१ लाख प्रस्ताव गरेको स्थानीय विकास अधिकारी मदन कोइरालाले जानकारी दिए ।
जिल्ला विकास समितिले आन्तरीक र बाह्य श्रोत गरी कुल ७२ करोड ८ लाख ७३ हजार प्राप्त हुने अनुमान गरेको छ । आगामी बर्ष जिविसले  आन्तरिक श्रोत १ करोड ९० लाख ५० हजार र राजस्व बाँडफाँड तर्फ ९० लाख प्राप्तहुने अनुमान गरेको कोइरालाले बताए ।
जिविसले नेपाल सरकार र दातृ निकायबाट ६९ करोड २८ लाख प्राप्त हुने अनुमान गरेको छ । आगामी आर्थिक बर्षमा विषयगत कार्यालयहरुले १ अर्ब ९५ करोड ९९ लाख खर्च गर्ने योजना बनाएका छन् ।
इलामका गैर सरकारी सस्थाले १३ करोड ३९ लाख ८५ हजार खर्च गर्ने योजना पेश गरेका छन् । संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले सो अवसरमा पत्रकार विप्लव भट्टराई सहित कर्मचारी, समाजसेवीलगायतलाई पुरस्कृत गरेकी थिइन् ।
राज्य मन्त्री साहीले प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्लाको विकासका लागि सानातिना मतभेद हटाएर अघि बढ्न दलहरुलाई आग्रह गरीन् । उनले स्थानीय निकायको निर्वाचन गर्न सरकार तयार रहेको बताइन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment