इलाममा सार्वजनिक गाडीभाडा मनपरी, सम्बन्धित निकाय मौन

इलाम, ५ वैशाखः इलाम जिल्लाको लगभग सबै ग्रामीण तथा बजार क्षेत्रमा सडक यातायात पुगेको छ । अहिले विभिन्न यातायात व्यवसायी संघ संगठनहरुले यातायतका साधन सञ्चालन गरेर यात्रुहरुलाई सुविधा दिएका छन् । इलामको यातायात भाडा दर पुर्वेली जीप तथा ट्याक्सी व्यावसायी संघले एकलौटी तोकेको छ । सरकारले सबै क्षेत्रलाई समेटेर वैज्ञानिक भाडा दर तोकेको छ तर पनि त्यसलाई वेवास्ता गर्दै विभिन्न यातायात व्यवसायीहरुले मनोमानी रुपमा गाडी भाडा असुल्ने गरेका छन् । 
नेपाल सरकारकारले मिति २०७२ फागुनमा तोकेको भाडादर अनुसार ग्रामीण भेगमा कुदने सवारी साधनले नियमावलीको ख ३ मा उल्लेख भए बमोजिम चक्रपथ बाहिर ० किमीदेखि ५ किमीसम्म २५ रुपैंयाँ भाडा लिन सकिने र ग्रामीण भेगमा प्रति किलोमिटर १.८६ रुपैंयाँको दरले हिसाब गरेर लिने भनेर उल्लेख गरिएको छ सो समयमा डिजेलको मुल्य ७ रुपैंयाँ थियो अहिले पनि डिजेलको मुल्य ७५ रुपैंयाँ नै रहेको छ । 
यस्तै सवारी साधनमा अपाङ्ग, विद्यार्थी, तथा जनआन्दोलनका घाईतेलाई परिचय पत्रको आधारमा ४५ प्रतिशत छुटको व्यावस्था गरेको छ । तर इलामको हकमा भने माथि उल्लेखित कुनै पनि नियम पालना गरेका छैनन् । पुर्वेली जीप तथा ट्याक्सी व्यावसायी संघले एक वर्ष अगाडी देखि भाडादर संयोजन गरेको छैन । इलाममा पेट्रोलियम पदार्थ वितरण अहिले सम्म सहज नभएकोले भाडा संयोजन गर्न नसेको कार्यालय सचिव सुमन काफ्लेले जानकारी गराए ।
नेपाल सरकारले फागुनमा तोकेको भाडा सूचिमा इलाम सुनमाईको भाडा १ सय ७४, इलाम भद्रपुरको भाडा २ सय १९ रुपैंयाँ तोकेको छ, तर इलामका यातायात व्यवसायीले यो नियम आज सम्म पालना गरेका छैनन् । इलाम जिल्लाको प्रमुख व्यापारिक केन्द्र मंगलबारे बजार इलाम सदरमुकामबाट ३० किलोमिटर मात्र छ । इलाम–मंगलबारेको भाडा अहिले २ सय रुपैंयाँ लिने गरेको यात्रुहरुले जानकारी गराए ।  मोटरसाईकलमा जाने हो भने पनि ३० किलोमिटरको १ लिटर पेट्रोलले जान सकिन्छ । जसको मूल्य अहिले १ सय रुपैंयाँ मात्र छ । मोटरसाईकल सुविधाको लागि लिने हो र यसमा यात्रा गर्दा गाडीको यात्रा भन्दा मंहगोपर्दछ तर इलामका सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा मोटरसाईकल भन्दा दोव्बर मंहगोपर्ने गरेको छ । यसमा यात्रुहरुलाई सरासर ठग्ने काम यातायात व्यावसायीले गरेका छन् ।
त्यस्तै इलाम–जीतपुरको भाडा २ सय ४० लिने गरेको, इलाम–साँखेजुङ १३ किलोमिटरको भाडा १ सय २०, इलाम–नामसालिङ–शुक्रबारे बजारको भाडा २ सय, इलाम–नयाँबजारको २ सय ५०, इलाम–सोयाङको २ सय रुपैयाँ लिने गरेको छ ।  ग्रामीण भेगमा जाने गाडीहरुले आधा बाटोसम्म जाने यात्रुलाई पनि पुरै भाडा असुल्ने गरेकोले पनि यात्रुहरु मारमा परेका छन् । यस विषयमा सवारी चलकहरु भने अहिले सिटभन्दा १ जना पनि बढी यात्रु राख्न पाईन्न, त्यसैले पुरै भाडा असुल्नु परेको बताउन थालेका छन् । 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार कुनै पनि सवारी साधनले बीचबाटोको यात्रुलाई पुरै भाडा असुलेको जनकारी कार्यालयमा आएमा कार्वाही हुनेछ ।
इलाम–मंगलबारे त एउटा उदहारण मात्र हो । इलाम सदरमुकामबाट गाउँका विभिन्न ठाउँमा जाने यात्रुका लागि यातायात व्यावसायीहरुले मनखुसी भाडा असुल्ने गरेको यो कुनै नौलो घटना होइन । मेची राजर्मागअन्र्तगत पर्ने सुर्योदय नगरपालिकाभित्र फिक्कल–करफोकको भाडादर हेर्दा नेपालकै सबै भन्दा महंगो भाडा दर भन्न सकिन्छ । यसरी इलाम जिल्लामा सवारीहरुले मनोमानी रुपमा सरकारी नियमको उल्लङ्घन गर्दै गाडी भाडा असुल्दा पनि सम्बन्धित निकाय मौन बसेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment