यस वर्ष इलाम न.पा.मा तीन सय सोह् जना बालबालिकाको जन्म दर्ता, अनलाईनबाटै व्यक्तिगत फारम भर्न सकिने

इलाम, २ वैशाखः देशकै पुरानो नगरपालिका इलाम नगरमा व्यक्तिगत घटना दर्ता गराउने कार्य वि.सं. २०३७ साल माघ १ देखि निरन्तर हुँदै आएको छ । सोही क्रममा नगरपालिकामा गत २०७२ सालमा १ सय ८० बालक सहित ३ सय १६ जनाको जन्म दर्ता, ३७ महिला सहित ९५ जनाको मृत्यु दर्ता, १ सय ५५ जोडीको विवाह दर्ता, बसाइसराइ दर्ता अन्तर्गत ९५ परिवारमध्ये बसाइ सरी जाने, १ यस ३४ जना, बसाइ सरी आउने १ सय ७३ जना रहेको र २ सम्बन्ध विच्छेदका घटना दर्ता भएको इलाम नगरपालिकाले जनाएको छ ।
गत २०७१ सालमा ३ सय ७ जना बालबालिकाको जन्म दर्ता, ९५ जनाको मृत्यु दर्ता, १ सय ४८ जोडीको विवाह दर्ता, बसाइसराइ दर्ता अन्तर्गत १ सय १६ परिवारमध्ये बसाइ सरी जाने २ सय १६ जना, बसाइ सरी आउने १ सय ५८ जना रहेको र सम्बन्ध विच्छेदका घटना २ वटा भएको थियो ।
नेपालमा वि.सं. २०३३ सालबाट कानुनी रूपमा प्रारम्भ भएको व्यक्तिगत घटना दर्ताको महत्व वर्तमान समयमा झनै बृद्धि भएको छ । सामाजिक रूपान्तरणको तीब्र गतिमा रहेको नेपाली समाजलाई व्यवस्थित र वैज्ञानिक बनाई व्यक्तिको कानुनी अधिकारलाई सुनिश्चित गर्न व्यक्तिगत घटना दर्ताको प्रभावकारी कार्यान्वयनमा जोड दिन थालिएको छ । 
व्यक्तिगत घटना दर्ताको प्रभावकारी कार्यान्वयनले देशलाई जनसांख्यिक अवस्थाको विद्यमान स्थिति पत्ता लगाउन सजिलो पर्नाका साथै नीति निर्माण र योजना तर्जुमामा समेत सहयोग पुग्ने भएकोले व्यक्तिगत घटना ऐन २०३३ र नियमावली २०३४ इलाम नगरपालिकामा २०३७ माघ १ गतेदेखि लागू गरिएको र सो समयदेखि व्यक्तिगत घटना दर्ताको कार्य सुरु भएको इलाम न.पा. का प्रशासकीय अधिकृत रामकुमार शाहले बताए्का छन् । यसैगरी सामाजिक परिचालन कार्यविधि, २०७१ कोे परिच्छेद ५ मा वडा नागरिक मञ्चले व्यक्तिगत घटना दर्ता गर्न सहयोग पु¥याउने र नागरिक सचेतना केन्द्रले व्यक्तिगत घटना दर्ता गर्न उत्साहित गर्नु पर्ने प्रावधान राखिएको छ ।
बालबालिकाको लिखित अभिलेख कायम गर्न, नामथर, जन्मेको स्थान, जन्मेको मिति, आमा बाबुको नामथर, ठेगाना प्रमाणित गर्न, नागरिकता प्राप्तिलाई सरल बनाउन, कानुनी तथा पारिवारिक अधिकार सुनिश्चित गर्न, बाल न्याय प्राप्त गर्न, शिक्षाको अधिकार सुनिश्चित गर्न, शोषण तथा दुव्र्यवहारबाट संरक्षण पाउनका लागि बालबालिकाको जन्म दर्ता अनिवार्य हुने, परिवारका कुनै व्यक्तिको मृत्यु भएमा चल अचल सम्पत्तिको नामसारी जस्ता कार्यमा मृत्यु दर्ता गराउनु आवश्यक हुने र कुनै नयाँ ठाउँमा बसोबास कायम गर्नका लागि बसाइँ सराइ दर्ता गराउनु अनिवार्य हुन, लोग्नेस्वास्नी बीच सम्बन्ध बिच्छेद भएमा सम्बन्ध विच्छेद दर्ता गराउनु समेत आवश्यक हुने साथै इलाम नगरपालिकाले जारी गरेको बालमैत्री आचारसंहिता २०७१ को दफा १४ मा बालबालिकाको जन्म दर्तासम्बन्धी कानुनी प्रक्रिया अनिवार्य गर्ने गराउने व्यवस्था रहेको छ । इलाम नगरपालिकाको २० औ नगर परिषदले व्यक्तिगत घटना दर्ताअन्तर्गत मृत्यु दर्ता र जन्म दर्ताको कार्यलाई अझ सहज तथा घरदैलोमा सेवा पु¥याउने निर्णय गरे अनुसार घटना भएको सरोकारवाला सूचकले घटना भएको ३ दिन भित्रमा सम्बन्धित वडा नागरिक मञ्च वा सम्बन्धित वडा सचिवलाई आधिकारिक सूचना दिनु पर्ने, सूचना प्राप्त भएको १ हप्ता भित्र वडा सचिव वा सामाजिक परिचालकले घरदैलोमा गई सूचना फाराम भरी भराई सूचकलाई सहीछाप गराई आवश्यक कागजातसहित सूचना फाराम पञ्जीकरण एकाइमा पेश गर्ने र पञ्जीकरण एकाइले सूचना प्राप्त भएको १ हप्ताभित्रमा घटना दर्ता गरी सम्बन्धित सरोकारवालालाई वडा सचिव वा सामाजिक परिचालकमार्पmत प्रमाण पत्र उपलब्ध गराई भरपाई लिने व्यवस्था समेत भएको प्रशासकीय अधिकृत शाहले बताएका छन् । यसैगरी २०७२ सालदेखि नै इलाम नगरपालिकामा व्यक्तिगत घटना दर्ताका लागि अनलाइनमार्पmत सूचना विवरण फाराम भर्न सकिने व्यवस्था मिलाइएको र सो को लागि सेवाग्राहीहरूले वेवसाइट २०२.१६६.२०६.११७ः८०४ मार्पmत सूचना फाराम भरी फाराम भरेको १ महिना भित्रमा प्रमाणपत्रको लागि आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्नु पर्ने प्रशासकीय अधिकृत शाहले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment