जापानमा गएराति शक्तिशाली भूकम्प गएको छ । जापानको दक्षिणी कुमामाटोमा गएको भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ भने सात सयभन्दा बढी घाइते भएका छन् ।
स्थानीय समय अनुसार राति ९ बजेर २६ बजे क्यूशू द्वीपको कुमामोटो शहरको पूर्वमा भूकम्प गएको हो । युएसजिएसका अनुसार ६.२ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको ४० मिनेटपछि फेरि ५.७ रेक्टरको अर्को भूकम्प गएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार भूकम्पले घर भत्किएका छन् भने अहिले उक्त क्षेत्रमा विद्युत र ग्यासको आपूर्ति बन्द भएको छ । प्रभावित क्षेत्रबाट ४० हजार मानिसलाई बाहिर निकालिएको छ र उद्धार कार्य अहिले पनि जारी छ । भग्नावशेषहरूमा अझै मानिस रहेको हुनसक्ने अधिकारीहरूको आशंका छ ।
अहिलेपनि आसपासकोक्षेत्रमा सानातिना परकम्प गइरहेको जनाइएको छ ।
सञ्चारमाध्यमहरुका अनुसार करिव ४० हजार मानिसले गएराति घरबाहिर रात बिताएका थिए ।
0 comments:
Post a Comment