इलाम, ७ बैशाखः इलामको पत्रकारितामा ३४ बर्षदेखि कृयाशिल पत्रकार कुवेर निरौलालाई नेपाल प्रेश युनियन इलामको आठौ साधारण सभामा मंगलबार सम्मान गरिएको छ ।
निरौलाले मेची प्रवाहबाट पत्रकारिता शुरु गरेर गोरखा पत्र दैनिक, रेडियो नेपाल, कान्तिपुर दैनिक, राष्ट्रिय समाचार समिति हुँदै हाल स्वतन्त्र पत्रकारका रुपमा स्तम्भ लेखनकार्यमा सकृय छन् ।
युनियनले ससथापक अध्यक्षको रुपमा उनलाई सम्मान गरेको हो । निरौलाको अध्यक्षतामा नेपाल प्रेस युनियन इलाम शाखा २०५४ साल मङ्सिर १ गते स्थापना भएको थियो । निरौलालाई नेपाल प्रेस युनियनकी केन्द्रिय उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयवाबु सिवाकोटीले सम्मान अर्पण गरेका थिए । सभा युनियनका अध्यक्ष तोयानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सोही कार्यक्रमको अन्तरकृयामा सहभागिहरुले संविधानको भित्री कुरा सर्वसाधारणले बुझ्ने गरी प्रचार गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन इलामले आठौ साधारण सभाको अवसरमा मंगलबार आयोजना गरेको संविधान कार्यान्वायनमा पत्रकारको भुमिका विषयक अन्तर कृयामा बोल्दै दलका नेता, ट्रेडयुनियनकर्मी र पत्रकारका सस्थाका प्रतिनिधिहरुले संविधानको विषयमा गलत प्रचार गरी सर्वसाधारणलाई भड्काउने काम भएको भन्दै सो कुरा बताएका हुन् ।
नेपाल प्रेस युनियनकी केन्द्रिय उपाध्यक्ष वाला अधिकारीले संविधानका व्यवस्थाहरुलाई गलत प्रचार गरेर तराईका सर्वसाधारणलाई भड्काउने काम भएको भन्दै भ्रम चिर्ने पत्रकारीता गर्नुपर्ने बताइन् ।
उनकै जस्तो धारणा राखे युनियनका महासचिव अजयबाबु सिवाकोटीले । उनले संविधानले गरेका व्यवस्थाको अपव्याख्या भएको प्रति चनाखो हुन पत्रकारलाई आग्रह गरे । उनले भने ‘सबैले भने जस्तो संविधान आएको छैन तर विग्रेको केहि छैन ।’ स्थानीय विकास अधिकारी मदन कोइरालाले संविधान ल्याउन एक ढिक्का भएको सञ्चार जगतले एक ढिक्का भएर कार्यान्वायनमा योगदान गर्नुपर्ने बताए । ट्रेड युनियन इलामका अध्यक्ष हरी फुयालले श्रमिक पत्रकारको अधिकारलाई सम्बोधन गर्न नसकेको संविधानको कार्यान्वायनमा पत्रकारको अहिले सम्मको भुमिका सम्मान योग्य रहेको बताए । उनले भने ‘संविधानमा श्रम सम्बन्ध आयोगको मागलाई दलहरुले सुनेनन् तर पनि पत्रकारले सकारात्मक पहल गरिरहेका छन् ।’
नेपाली काङ्ग्रेसका सचिव खगेन्द्र देवान, एनेकपा माओवादीका इञ्चार्ज धिरेन्द्र शर्मा, नेपाल पत्रकार महासंघका सस्थापक सभापति धर्म गौतम, शान्ति संचार सहकारी सस्थाका अध्यक्ष केदार थापा, नेपाली काङ्ग्रेसका इलाम नगर सभापति होम बस्नेत, पत्रकार महासंघका कोषध्यक्ष खेम भुजेल, पत्रकार भिम चापागाई, युनियनका सस्थापक अध्यक्ष कुवेर निरौला, नेपाल विद्यार्थी संघका टिकाराम पुरी, युनियनकी केन्द्रिय सदस्य शुरक्षा रेग्मी, युनियनका सस्थापक सोमनाथ सुसेली लगायतले मन्तव्य राखेका थिए ।
0 comments:
Post a Comment