हरियो पत्तिको मुल्य अझै निर्धारण भएन

इलाम २९ चैत्रः इलामका किसानले हरियो चियापत्ति टिप्न सुरु गरेका छन् । मंसिर सुरुदेखी वाँझी वसेको चिया पुन पलाउन थालेसँगै किसानहरु चियावारीमा ब्यस्त हुन थालेका छन् । चिया पलाउन थालेसँगै जिल्लाका चिया कारखाना समेत सञ्चालनमा आएका छन् । कारखाना सञ्चालनमा आए पनि किसानहरुको चियाको मुल्य निर्धारण कारखानाले नगरेका कारण उनीहरु मारमा परेका छन् । उत्पादनको पहिलो सिजनको चिया गुणस्तरका हिसावले राम्रो हुने भएपनि कारखाना सञ्चालकले आफुखुसी मुल्य निर्धारण गर्दा किसानहरु मारमा पर्ने गरेको उनीहरुको गुनासो छ ।
इलाममा वार्षिक करिव ४० लाख किलोग्राम तयारी चिया उत्पादन गर्ने गरेको केन्द्रिय चिया सहकारी संघ इलामले जानकारी दिएको छ । संघका अध्यक्ष गोविन्दप्रसाद दाहालका अनुसार जिल्लामा २४ वटा ठुला र ३९ वटा साना चिया कारखाना रहेका छन् । ती कारखानाहरुमा १२ हजार भन्दा वढि चिया किसानले हरियो चिया पत्ति विक्र गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment